Shittalpati
विज्ञापनका सबै काम हुलाकबाट
विज्ञापनका सबै काम हुलाकबाट विज्ञापन सम्बन्धी सम्पूर्ण काम अब जिल्ला हुलाक कार्यालयबाट हुने भएका छन् । विज्ञापन बोर्डले लोक कल्याणकारी विज्ञापन प्रकाशन तथा प्रशारणको अनुगमनका साथै भुक्तानीसम्बन्धी सम्पूर्ण कार्य अब जिल्ला हुलाक कार्यालयमार्फत गराउने निर्णय गरेको छ ।
किसानलाई प्रेरित गर्न ड्रागन खेती
किसानलाई प्रेरित गर्न ड्रागन खेती स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ड्रागन फ्रुट खेतीका लागि किसानलाई प्रेरित गरेको छ । गाउँपालिका–४ को पुछार भन्ने ठाउँमा स्थानीयवासीको २४ रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर सो फ्रुट लगाइएको अध्यक्ष खिमबहादुर थापाले बताए ।
पाल्पा कोरोना अपडेट : बिहीबार ४४ जना नयाँ संक्रमित थपिए, २९ जना निको
पाल्पा कोरोना अपडेट : बिहीबार ४४ जना नयाँ संक्रमित थपिए, २९ जना निको जिल्लामा पछिल्लो २४ घण्टामा ४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४४ जना नयाँ संक्रमित थपिएका हुन् ।
उत्पादन वृद्धि गर्न माथागढीका कृषकलाई कृषि औजार
उत्पादन वृद्धि गर्न माथागढीका कृषकलाई कृषि औजार जिल्लाको माथागढी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउनका लागि कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी नियुक्त
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी नियुक्त लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उनलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
पाल्पामा लापरबाहीले बढ्यो कोरोना, दैनिक २० देखि सयको हाराहारीमा संक्रमित थपिँदै
पाल्पामा लापरबाहीले बढ्यो कोरोना, दैनिक २० देखि सयको हाराहारीमा संक्रमित थपिँदै कोरोना भाइरसका संक्रमण घटेसँगै जिल्लामा निषेधाज्ञा खुकुलो बनाइयो । तर समुदायस्तरमा स्वास्थ्य मापदण्ड अपनाउन लापरबाही गरिँदा फेरि संक्रमितको संख्या दिनहुँ थपिँदै गएको छ । स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग तथा मापदण्ड पालनामा लापरबाही हुँदा दैनिक २० देखि सय जनाको हराहारीमा संक्रमित थपिन थालेका छन् ।
तिनाउमा आवासीय सहित छात्रावास सञ्चालन गरिने
तिनाउमा आवासीय सहित छात्रावास सञ्चालन गरिने जिल्लाको तिनाउ गाउँपालिकाले आवासीय सहित छात्रावास सञ्चालन गर्ने भएको छ । गाउँपालिका अध्यक्ष ओमबहादर घर्ती मगरले गाउँपालिकाको अधिकास क्षेत्र डाँडाकाडा भएकाले पठन पाठनका लागि बालवालिकाहरु ३ घण्टासम्म हिड्नु पर्ने अवस्था रहेकाले पालिकाले आगामी दिनमा आवासीय सहितको छात्रावास सचालन गर्ने योजना बनाएको बताएका छन् ।
गुल्मीको इस्मामा चट्याङ लागेर ७ जना घाइते
गुल्मीको इस्मामा चट्याङ लागेर ७ जना घाइते गुल्मी इस्मा गाउँपालिका ४ का विभिन्न ठाउँमा चट्याङ लागेर ७ जना घाइते भएका छन् । दोहलीको पहिरा भन्ने स्थानका अन्दाजी ४२ बर्षीय राम बहादुर गन्दर्भ र छोरा १२ बर्षीय राहुल गन्दर्भ चट्याङ लागेर गम्भिर घाइते भएका छन् ।
पाल्पा कोरोना अपडेट : बुधबार ९० जना नयाँ संक्रमित थपिए, ७० जना निको
पाल्पा कोरोना अपडेट : बुधबार ९० जना नयाँ संक्रमित थपिए, ७० जना निको जिल्लामा पछिल्लो २४ घण्टामा ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ९० जना नयाँ संक्रमित थपिएका हुन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज राजीनामा दिएका छन् । मुुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेशसभामा नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।
पाल्पामा बाघको छाला सहित दुई जना पक्राउ
पाल्पामा बाघको छाला सहित दुई जना पक्राउ दुर्लभ बाघको छाला सहित मंगलबार प्रहरीले पाल्पाबाट दुई जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बाघको छाला तस्करी गिरोहमा संलग्न रिब्दीकोट गाउँपालिका ७ का ४२ वर्षीय विष्णु खत्री र सोही ठाउँका ४० वर्षीय रविल मियाँलाई पक्राउ गरेको हो ।
पाल्पा कोरोना अपडेट : मंगलबार ६८ जना संक्रमितले कोरोना जिते, ४९ जनामा संक्रमण
पाल्पा कोरोना अपडेट : मंगलबार ६८ जना संक्रमितले कोरोना जिते, ४९ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा ६८ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ६८ जना संक्रमितले कोरोना जितेका हुन् ।
Weather Update