Shittalpati
अक्सिजन प्लाण्टका लागि बनाइएको घर हस्तातरण

गुल्मी, गुल्मीमा अक्सिजन प्लाण्ट राख्नका लागि बनाइएको घर गुल्मी अस्पताललाई हस्तान्तरण गरिएको छ । गुल्मी उद्योग वाणिज्य संघ र स्थानीय जनसहभागितामा निर्मित ओयर हाउसको चाँपी गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.उत्तम पच्यालाई हस्तान्तरण गरेका हुन् । १४ लाख ४९ हजार ६४ रुपैयाँ लागतमा उक्त घर निर्माण सम्पन्न गरिएको संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए ।

गुल्मी अस्पतालका मेडिकल सुपरिटेण्डेन डा.उत्तम पच्याले चापी ग्रहरण गर्दै महामारीमा उद्योग वाणिज्य संघ लगायतका सामाजिक संघ–संस्थाले खेलेको भूमिका अन्यन्त महत्वपूर्ण रहेको बताए । जिल्लामा केही समय अघिदेखिबाट अक्सिजन प्लाण्ट सञ्चालनमा आएको छ । प्लाण्ट व्यवस्थापनको लागि आवश्यक भौतिक संरचना गुल्मी उद्योग वाणिज्य संघले निर्माण गरेको छ । जिल्लामा कोभिड–१९ को कारण अक्सिजन अभावको कारण विरामीको ज्यान थालेपछि २०७८ वैशाख अन्तिम साताबाट नेपाल पत्रकार महासंघ गुल्मीले ‘अक्सिजन प्लाण्ट अभियान’ सञ्चालन गरेको थियो । अभियानबाट संकलित ६० लाख पत्रकार महासंघले गुल्मी अस्पताललाई प्रदान गरेको थियो । नेपाल सरकारबाट एक करोड विनियोजन भएको थियो । गुल्मी अस्पतालमा राखिएको अक्सिजन प्लान्ट एक करोड ३१ लाखको लागतमा निर्माण गरिएको थियो ।

–अनिल खत्रीबाट

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update