Shittalpati
गुल्मी जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्य सहायता कक्ष

गुल्मी, जिल्ला प्रशासन कार्यालय गुल्मीमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । कोभिड–१९ संक्रमण रोकथामका लागि आइतवार प्रशासन कार्यालयको हाताभित्र स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको हो । सहायता कक्षको जिल्ला प्रशासन कार्यालय गुल्मीको पहिलो सेवाग्रही सत्यवति गाउँपालिकाकी ६४ वर्षकी नरमती परियारको स्वास्थ्य जाँच गरेर शुभारम्भ गरिएको हो ।

सहायता कक्ष स्थापना गर्दै प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जाडो मौसमसँगै ओमीक्रोन भाइरसको संक्रमण बढ्न थालेकाले सेवाग्रहीको स्वास्थ्य जाँचका लागि स्थापन गरिएको बताए । उनले सेवाग्राहीको स्वास्थ्य सुरक्षाका लागि परामर्ससँगै माक्स सेनिटाइजर वितरण गरिने बताए । सहायता कक्षबाट प्रेसर, मधुमेह, ज्वरो सामान्य खालका अन्य स्वास्थ्य समस्याहरु पहिचान गरेर विशेषज्ञ सेवाका लागि पठाइएने व्यवस्था गरिएको पौडेलले बताए । सामान्य खालका समस्याहरु भए सहायता कक्षबाटै समधान गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ । प्रशासन कार्यालयमा नागरिता, राहदानी, राष्ट्रिय परिचय पत्र, मतदाता नामावली लगायतका कामको लागि धेरै सेवाग्रही आउने भएकाले चेक जाँक का लागि सहायता कक्ष राखिएको बताए । सेवाग्राहीको चाप हुने स्थानमा रोग लुक्ने नागरिकहरुको स्वास्थ्य जोखिम हुने भएकाले बृद्धबृद्धाहरु, जेष्ठ नागरिकहरुलाई विशेष प्रथामिकता दिएर चेक जाँच गरिने पौडेलले बताए । प्रशासन कार्यालयमा स्थापना गरिएको सहायता कक्षले नागरिकको स्वास्थ्य सुरक्षामा थप मद्दत पुग्ने अपेक्षा लिइएको छ । सहायता कक्षमा ज्वरो मापन, रुघाखोकी, लागे नलागेको बारेमा सोधपुछ हुने र आवश्यक परामर्स गरिने व्यवस्था रहेको छ ।

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update