Shittalpati
सर्वियामा फेरि नरसंहार, आठ जनाको मृत्यु
सर्वियामा फेरि नरसंहार, आठ जनाको मृत्यु एक साताको अन्तरालमा सर्वियामा फेरि नरसंहारको अर्को घटना भएको छ । बेलग्रेडबाट ६० किलोमिटर दक्षिणमा रहेको म्लादेनोभाकमा गुडिरहेको गाडीबाट एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको तथा अन्य १३ जना घाइते भएका सरकारी सञ्चार माध्यमले जनाएका छन् ।
प्रहरीका लेखापाल घुससहित पक्राउ
प्रहरीका लेखापाल घुससहित पक्राउ नेपाल प्रहरीका नायव निरीक्षक (सई)घुससहित पक्राउ परेका छन् ।
प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ : प्रहरी महानिरीक्षक कुँवर
प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ : प्रहरी महानिरीक्षक कुँवर प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका विभिन्न भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
हेलिकोप्टर दुर्घटना : एकको मृत्यु
हेलिकोप्टर दुर्घटना : एकको मृत्यु सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।
गुल्मीमा बढ्दो ‘लम्पी स्किन’
गुल्मीमा बढ्दो ‘लम्पी स्किन’ गुल्मीका पशुचौपायामा ‘लम्पी स्किन’ रोगको संक्रमण बढ्दै गएको छ । करिब एक महिना अगाडिदेखि देखा परेको उक्त रोग अहिले जिल्लाभरी नै फैलिएको छ । संक्रमण बढ्दै गएपछि यहाँका किसान त्रसित भएका छन् । रुरुक्षेत्र गाउँपालिका–५ टाहाटिमका तुला गिरीको होलस्टाइन जातको लैनो गाईको एक महिना अगाडि खुट्टा सुन्निने र फोका उठ्ने...
आज बुद्ध जयन्ती : बुद्धप्रति आस्था प्रकट गरिदैं
आज बुद्ध जयन्ती : बुद्धप्रति आस्था प्रकट गरिदैं वैशाख शुक्ल पूर्णिमाका दिन आज देशभर २५६७ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम बुद्धको पूजा आराधना, प्रवचन गरी जयन्ती मनाउन लागिएको हो ।
महाचैत्य विहार तानसेनद्वारा हाजिरी जवाफ
महाचैत्य विहार तानसेनद्वारा हाजिरी जवाफ ज्ञानमाला सभा महाचैत्य विहार तानसेनले सामुदायिक तथा निजी विद्यालयस्तरी हाजिरी जवाफ प्रतियोगिता गरेको छ । विहारले बुुद्ध जयन्तीको पूर्व सन्ध्या तथा २६४७ औं जन्म दिवस, २६१२ बुुद्धज्ञान दिवस, २५६७ महा परिनिर्वाणको उपलक्ष्यमा तानसेनमा विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगितामा ६ सामुदायिक र १० निजी विद्यालयका विद्यार्थीहरुको सहभागिता...
कार्कीले गरे जिर्ण मन्दिरको पूनर्निर्माण
कार्कीले गरे जिर्ण मन्दिरको पूनर्निर्माण पाल्पाको रिब्दीकोट गाउँपालिका– ८ फेकका सामाजिक व्यक्तित्व हरिबहादुर कार्कीले जिर्ण मन्दिरको पुनर्निर्माण गरेका छन् । हाल बुटवललाई कर्म थलो बनाउँदै आएका कार्कीले व्यक्तिगत खर्चमा गाउँमै चण्डीस्थान मन्दिर पुनर्निर्माण गरेका हुन् ।
उपभोक्ता हित संरक्षणले गर्याे अस्पतालमा सुधारको माग
उपभोक्ता हित संरक्षणले गर्याे अस्पतालमा सुधारको माग उपभोक्ता हित संरक्षण मञ्च गुल्मीले जिल्ला अस्पताल गुल्मीमा सुधारको माग गरेको छ । अस्पतालले दिदै आएको सेवा सुविधा प्रभावकारी नबनेको भन्दै मञ्चले सुधारको माग गरेको हो । मञ्चले अस्पताललाई ध्यानाकर्षण पत्र बुझाउँदै सेवालाई सुधार गर्दै प्रभावकारी बनाउन माग गरेको छ ।
कालीगण्डकी नदीमा बेपत्ता युवक मृत फेला
कालीगण्डकी नदीमा बेपत्ता युवक मृत फेला गत शनिबार कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युुवक मृत फेला परेका छन् । रामपुर नगरपालिका–४ स्थित कालीगण्डकीको कोप्चेघाटमा पौडी खेल्ने क्रममा बेपत्ता भएका २१ वर्षीय अभिषेक राउत विहीबार विहान मृत फेला परेका हुन् ।
नवनियुक्त तीन मन्त्रीद्वारा शपथ
नवनियुक्त तीन मन्त्रीद्वारा शपथ नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले शपथ लिएका हुन् ।
सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति
सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने कार्यमा संलग्नता भएको आरोपमा पक्राउ परेका सन्दीप रायमाझीलाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
Weather Update