Shittalpati
नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिन सहमति
नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिन सहमति नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको तदर्थ समितिलाई दश दिनभित्र पूर्णता दिने सहमति भएको छ । पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बेको रोहवरमा आज पार्टी कार्यालयमा बसेको बैठकले सबै पक्षलाई समेटेर दश दिनभित्र तदर्थ समितिलाई पूर्णता दिने सहमति भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन
स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवौँ राष्ट्रिय शिखर सम्मेलन गर्ने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले सरकारलाई नेपालको स्वास्थ्य नीति निर्माणमा सहयोग पुग्ने उद्देश्यले सम्मेलन गर्न थालिएको जानकारी दिए । उनका अनुसार सम्मेलन यही चैत २८ र २९ गते...
दुई विधेयक पारित
दुई विधेयक पारित राष्ट्रियसभाबाट ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ सर्वसम्मतिबाट पारित भएको छ । राष्ट्रियसभामा आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
बेमौसमी वर्षाले गहुँबालीमा क्षति
बेमौसमी वर्षाले गहुँबालीमा क्षति दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्‍याएको छ । बाली भिर्याउने समयमा शुक्रबार चलेको हावाहुरी र शनिबारको वर्षा र असिनाले बालीमा क्षति पुर्‍याएको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का कृषक चिन्नु यादवले बताए । उनले भने, ‘हावाहुरीले खेतमा काटेर राखेको गहुँबाली उडाएर यत्रतत्र छरिएका छन् । असिनापानीले काट्न बाँकी रहेका गहुँका दाना...
ऐतिहासिक क्षेत्र बल्ढेङगढीमा सेनाको अध्ययन भ्रमण
ऐतिहासिक क्षेत्र बल्ढेङगढीमा सेनाको अध्ययन भ्रमण पाल्पाको रैनादेवी छहरामा रहेको ऐतिहासिक क्षेत्र बल्ढेङ्गढीमा नेपाली सेनाले अध्ययन भ्रमण गरेको छ । नेपाली सैनिक ब्याटल स्कुल सालझण्डीमा तालिमरत युवक अधिकृत तालिमका ८४ सहित १०५ जनाको समूहले पाल्पाको तानसेनमा अध्ययन भ्रमण गरेको हो ।
देशभरका परियार समुदायका अगुवा पाल्पामा भेला हुँदै
देशभरका परियार समुदायका अगुवा पाल्पामा भेला हुँदै देशभरका परियार समुदायका अगुवाहरु पाल्पामा भेला हुने भएका छन् । परियार समाज गुठीकोे स्वर्ण महोत्सव मनाउन देशभरका परियार समुदाय पाल्पाको तानसेन आउने भएका हुन् । गुठीको यही चैत २८ र २९ गते हुने महोत्सवमा देशभरबाट झण्डै पाँच सय परियार समुदायका अगुवाहरु तानसेन आउने आयोजकले जनाएको छ ।
छुवाछुत व्यवहारमै अन्त्य गर्नुपर्नेमा जोड
छुवाछुत व्यवहारमै अन्त्य गर्नुपर्नेमा जोड सामाजिक कुरीतिका रुपमा रहेको छुुवाछुतलाई व्यवहारबाटै अन्त्य गरिनुपर्नेमा एक कार्यक्रमका सहभागी जोड दिएका छन् । जिल्लाको रामपुरमा आयोजना गरिएको छुवाछूत कुरीति विरुद्धको सचेतनामुलक कार्यक्रममा सहभागीहरुले व्यवहारबाटै छुवाछुत अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन् ।
प्रतिनिधिसभा नियमावली मस्यौदा पारित
प्रतिनिधिसभा नियमावली मस्यौदा पारित प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई संशोधनसहित पारित गरेको छ । बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य रमेश लेखकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
वर्षाले किसान उत्साहित
वर्षाले किसान उत्साहित हिउँद सकिनै लाग्दा परेको पानीले पाल्पा र गुल्मीका किसान उत्साहित भएका छन् । हिउँदमा पानी नपर्दा चिन्तित बनेका यहाँका किसान शुक्रबार र शनिबार परेको वर्षाले भने उत्साहित भएका हुन् । यो समयमा परेको पानीले मकै छर्ने र चैते धान रोप्ने तयारीमा रहेका किसानहरुलाई राहत मिलेको छ । गत असोज महिनामा...
रामपुरमा छुवाछूत कुरीति विरुद्ध सचेतना
रामपुरमा छुवाछूत कुरीति विरुद्ध सचेतना जिल्लाको रामपुरमा छुवाछूत कुरिती विरुद्धको सचेतनामुलक कार्यक्रम गरिएको छ । रामपुर नगरपालिकाको आयोजनामा वडा नं.–४ देविस्थानमा सचेतना कार्यक्रम गरिएको हो ।
गुल्मीको नयाँ गाउँमा विउपलको प्रदर्शनी, किसानले गरे साटासाट
गुल्मीको नयाँ गाउँमा विउपलको प्रदर्शनी, किसानले गरे साटासाट जिल्लाको धुर्कोट गाउँपालिका –१ नयाँ गाउँमा रैथाने विउपलको प्रदर्शनी गरिएको छ । स्थानीयस्तरमा रैथाने विउपलको संरक्षण गर्ने उद्देश्यले त्यसको प्रदर्शनी गरिएको हो ।
लुम्बिनी प्रदेशका पूर्व मन्त्री रानाले गरे सडकको स्थलगत निरीक्षण
लुम्बिनी प्रदेशका पूर्व मन्त्री रानाले गरे सडकको स्थलगत निरीक्षण लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले निर्माणधिन सडकको स्थलगत निरीक्षण गरेका छन् । उनले कालीगण्डकी करिडोर अन्तर्गतको छेर्लुङ्ग– रानीमहल, कर्नेटा निर्माणधिन सडकको स्थलगत निरीक्षण गरेका गरेका हुन् ।
Weather Update