Shittalpati
मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत लिने

विराटनगर, कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । 

    मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कार्कीले असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update