आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस
बुधबार, चैत २९, २०७९
निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन
मंगलबार, चैत २८, २०७९
शिक्षा मन्त्रालयले निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० का लागि विद्यार्थी भर्ना गर्दा केही निजी लगानीका विद्यालयले आफू खुसी शुल्क उठाएको भन्ने विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्ण भएको जनाएको छ ।
कोरोना संक्रमणबाट एक जनाको मृत्यु
मंगलबार, चैत २८, २०७९
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मंगलबार मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी करिब ३ साताअघि अस्पताल भर्ना भएका थिए ।
रुपन्देहीमा कोरोना सङ्क्रमित बढे
मंगलबार, चैत २८, २०७९
रुपन्देहीमा केही समयसम्म मत्थर देखिएको कोभिड सङ्क्रमण फेरि बढ्दो अवस्थामा देखिएको छ । सडक मार्ग हुँदै नेपालमै सबैभन्दा बढी पर्यटक भित्र्याउने नाकाका रुपमा रहेको रुपन्देहीको बेलहिया नाकामा कोभिड सङ्क्रमितको सङ्ख्या बढेको देखिएको छ ।
आज देशभरका परियार समुदायका अगुवा तानसेनमा
मंगलबार, चैत २८, २०७९
देशभरका परियार समुदायका अगुवाहरु आज पाल्पाको तानसेनमा भेला हुँदै छन् । परियार समाज गुठीकोे स्वर्ण महोत्सव मनाउन उनीहरु तानसेन आएका हुन् । गुठीले सोमबार तानसेनमा पत्रकार सम्मेलन गरी चैत २८ र २९ गते भव्य रुपमा महोत्सव मनाउन लागेको जनाएको छ ।
पपको अध्यक्षमा रेग्मी
मंगलबार, चैत २८, २०७९
पद्म पब्लिक नमुना माध्यमिक विद्यालय तानसेनकरुो विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुष्करराज रेग्मी चयन भएका छन् । सोमबार बसेको अभिभावकको भेलाले समाजसेवी, शिक्षासेवी, बुद्धिजीवी, लेखक तथा साहित्यकार रेग्मीलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
राष्ट्रियसभाबाट अख्तियार र भ्रष्टाचार निवारण संशोधन सम्बन्धी विधेयक पारित
सोमबार, चैत २७, २०७९
राष्ट्रियसभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो सशोधन) विधेयक २०७९ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७९ लाई सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट कृषि तथा पशुपन्छीमन्त्री डा वेदुराम भुसालले ती दुवै विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकोमा सभाले सर्वसम्मतिले अनुमोदन गरेको हो । ती दुवै...
पाल्पामा बढ्दो ‘लम्पी स्किन’ : ७० गाईगोरू मरे, ८ सय संक्रमित
सोमबार, चैत २७, २०७९
पाल्पाका पशुचौपायामा ‘लम्पी स्किन’ रोगको संक्रमण बढ्दै गएको छ । पहिलो पटक माथागढी गाउँपालिका–५ गोठादीका किसानले पालेको गाई गोरुमा देखिएको ‘लम्पी स्किन’ रोगको संक्रमण फैलिएर अहिले जिल्लाका ७ वटा पालिकामा पुगेको छ । सुरूमा फाट्टफुट्ट गाई गोरुमा देखिएको यो रोग पछिल्ला केही दिन यता प्रकोपकै रूपमा फैलिदै गएको हो ।
महिनावारी हुँदा कक्षा छाड्ने दर शून्यमा
सोमबार, चैत २७, २०७९
रामपुरमा रहेको रामतुलसी नमुना माध्यमिक विद्यालयले महिनावारीका समयमा छात्रालाई सेनिटरी प्याडको व्यवस्था गरेपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको छ । विद्यालयमा अध्ययनरत छात्रालाई सशक्तीकरण छात्रा कार्यक्रम अन्तर्गत विद्यार्थीबाट प्रतिव्यक्ति पाँच उठाएर सेनिटरी प्याड खरिद गरी वितरण गर्न थालिएपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको हो ।
स्याङ्जाको कालीगण्डकीमा निःशुल्क स्वास्थ्य शिविर, ७ सयले लिए सेवा
आइतबार, चैत २६, २०७९
स्याङ्जाको कालीगण्डकी गाउँपालिका –७ मिर्मिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । गाउँपालिकाको आयोजना, रोटरी क्लब अफ क्पापिटल बुटवलको सह–आयोजना र गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।
संक्रमण बढेसँगै खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
आइतबार, चैत २६, २०७९
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा संक्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो ।
दिदीबहिनी मृत फेला घटना : सातजना प्रहरी नियन्त्रणमा
आइतबार, चैत २६, २०७९
रुकुमपूर्वमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो ।
पाल्पाको निस्दीमा बालिकाको खोलामा डुबेर मृत्यु
शनिबार, चैत २५, २०७९
जिल्लाको निस्दी गाउँपालिका–५ निस्दी खोलामा डुबेर एक बालिकाको मृत्युु भएको छ । पौडी खेल्ने क्रममा अचनाक पानीमा डुवी झिरुवासका बेदबहादुर सोतीको ७ वर्षीया छोरी उस्मी सोतीको मृत्युु भएको हो ।


