Shittalpati
बस दुर्घटनामा एक जनाको मृत्यु
बस दुर्घटनामा एक जनाको मृत्यु दाङमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु२ख ७८५ नम्बरको बस र वीरगञ्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना५ख ४८९८ नम्बरको बस आज बिहान लमही नगरपालिका–३ फल्कापुरमा एकापसमा ठोक्किएका हुन् ।
रामपुरका अव्यवस्थितवासीलाई ‘लाल पुर्जा’, ६ सय १६ जग्गाधनीले पाए पुर्जा
रामपुरका अव्यवस्थितवासीलाई ‘लाल पुर्जा’, ६ सय १६ जग्गाधनीले पाए पुर्जा रामपुरका अव्यवस्थितवासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । गत वर्षदेखि वितरण सुरु गरिएकोमा हालसम्म ६ सय १६ अव्यवस्थितवासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।
आज नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रपति
आज नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम शुक्रबार संघीय संसंद्मा प्रस्तुत गर्दै छन् । संघीय संसद्को दिउँसो ४ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपतिबाट आर्थिक वर्ष २०८०/०८१ नीति तथा कार्यक्रम प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ । गठबन्धन नेतृत्वको सरकारको पहिलो नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेको हो ।
भ्रष्टाचारविरुद्धको आन्दोलन सशक्त बनोस्
भ्रष्टाचारविरुद्धको आन्दोलन सशक्त बनोस् नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा ‘हाई प्रोफाइल’कै संलग्नता देखिएपछि नागरिकहरू स्वस्फुर्त रूपमा भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिन थालेका छन् । प्रहरी अनुसन्धानमा दवाब र प्रभाव हुन नदिन खबरदारीका लागि पाल्पासहित देशभरका ठूला शहरमाहरुमा भ्रष्टाचारविरोधी प्रदर्शन हुँदै आएको छ ।
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु १२ हजार सात सय कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।
रामपुरमा बजेट र वित्तिय सम्बन्धी अभिमुखिकरण
रामपुरमा बजेट र वित्तिय सम्बन्धी अभिमुखिकरण जिल्लाको रामपुरमा बजेट तथा अन्य वित्तिय विषयहरु सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम भएको छ । रामपुर नगरपालिकाको अयोजना र कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाको प्राविधिक सहयोगमा अभिमुखिकरण कार्यक्रम भएको हो ।
कालीगण्डकीका शिक्षकलाई उत्प्रेरणामूलक कार्यशाला
कालीगण्डकीका शिक्षकलाई उत्प्रेरणामूलक कार्यशाला जिल्लाको कालीगण्डकी गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकहरुका लागि उत्प्रेरणामूलक कार्यशाला सञ्चालन गरेको छ । पालिका भित्रका प्रावि, निमावि र माविमा अध्यापन गराउने शिक्षकहरुका लागि पालिकाले दुई दिने उत्प्रेरणात्मक कार्यशाला सञ्चालन गरेको हो ।
पाल्पासहित देशभर भ्रष्टाचार विरोधी प्रदर्शन, भ्रष्टलाई कारवाही गर्ने अवसर
पाल्पासहित देशभर भ्रष्टाचार विरोधी प्रदर्शन, भ्रष्टलाई कारवाही गर्ने अवसर नक्कली भुटानी शरणार्थी प्रकरणमा बहालवाला सचिवसहित पूर्वमन्त्रीहरूसमेतको संलग्नता रहेको तथ्य सार्वजनिक भएपछि पाल्पासहित देशभर भ्रष्टाचारविरोधी अभियान सुरु भएको छ । पाल्पाको तानसेन, बुटवल, काठमाडौंको माइतीघर, कास्कीको पोखरालगायतका स्थानमा भ्रष्टाचारविरोधी प्रदर्शन भइरहेका छन् ।
प्रेस युनियन पाल्पाको पद हस्तान्तरण
प्रेस युनियन पाल्पाको पद हस्तान्तरण नेपाल प्रेस युनियन पाल्पा शाखाको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । तानसेनस्थित कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममाा निवर्तमान अध्यक्ष भरत शार्मले नवनिर्वाचित अध्यक्ष मन गहिरेलाई युनियनको विधान दिएर पद हस्तान्तरण गरेका हुन् ।
बेवारिसे शव पहिचान हुन सकेन
बेवारिसे शव पहिचान हुन सकेन गत वैशाख १५ गते जिल्लाको तिनाउ गाउँपालिका–३ झुम्सास्थित फुलफुले सामुदायिक जंगलमा बेवारिसे अवस्थामा भेटिएको शव अहिलेसम्म पहिचान हुन सकेको छैन । शव सडेगलेको र मृतका आफ्न्ता अहिलेसम्म पनि सम्पर्कमा नआएकाले पहिचान हुन नसकेको हो ।
तानसेनको आश्रममा रहेका एक पुुरुषको मृत्यु
तानसेनको आश्रममा रहेका एक पुुरुषको मृत्यु जिल्लाको तानसेनस्थित भुषालडाँडामा रहेको निलसागर आश्रममा एक पुरुषको मृत्यु भएको छ । बुधबार विहान आश्रममा रहेका अन्दाजी ६२ वर्षीय राजु सुब्बा नाम बताउने व्यक्तिको मृत्यु भएको हो ।
धार्मिक र पर्यटक गन्तव्यका रुपमा विकसित हुँदै ‘केलादीधाम’
धार्मिक र पर्यटक गन्तव्यका रुपमा विकसित हुँदै ‘केलादीधाम’ कालीगण्डकी नदी तटको केलादीधाम धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलमा विकास हुँदैछ । स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुर (नवलपरासी सुस्तापूर्व) जोडेको यस धाममा यहाँको रमणीय प्राकृतिक वातावरणले सबैलाई लोभ्याउछ । निम्वार्क वैष्णव सम्प्रदायको केन्द्रीय पीठको कार्यालय रहेको यहाँ विभिन्न जिल्लाबाट दर्शनार्थी आउँछन् । केलादीधामको दर्शन गर्न नसके नाम उच्चारण गरे मात्र पुण्य...
Weather Update