असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय
मंगलबार, जेठ ९, २०८०
पाल्पामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
मंगलबार, जेठ ९, २०८०
पाल्पामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका र तिनाउ गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु भएको हो ।
राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित
मंगलबार, जेठ ९, २०८०
सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
स्वीकृति बिना दुई सयभन्दा बढी भित्तेपात्रो प्रकाशन
मंगलबार, जेठ ९, २०८०
दुई सयभन्दा बढी भित्तेपात्रो स्वीकृति बिना प्रकाशन भएको पाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृति नलिई दुई सयभन्दा बढी भित्तेपात्रो प्रकाशन भएको हो ।
वन मन्त्रीमा महतो नियुक्त
मंगलबार, जेठ ९, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा एक मन्त्री र एक राज्यमन्त्री नियुक्ति गरी कार्यभार तोकेका छन् ।
शरणार्थी प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन
सोमबार, जेठ ८, २०८०
जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नविरुद्धको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । अनुसन्धानको ५७ औँ दिनमा प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।
रैनादेवी छहरा गाउँपालिकाले गर्यो एक वर्षे कार्य प्रगति सार्वजनिक
सोमबार, जेठ ८, २०८०
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले एक वर्षे कार्य प्रगति सार्वजनिक गरेको छ । २०७९ जेठ ६ गते गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराई, उपाध्यक्ष युवराज थापा लगायतका जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेको एक बर्षे कार्य प्रगति सार्वजनिक गरेका हुन् ।
प्रधामन्त्रीलाई नेकपा एस पाल्पाको ज्ञापनपत्र : ‘नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही हुनुपर्छ’
सोमबार, जेठ ८, २०८०
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पाल्पाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कानुनी कारवाहीको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार एकीकृत समाजवादीका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेयसहितका नेताहरुले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत प्रधामन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
प्रज्ञापनपत्र र बैंक भौचर नक्कली बनाउने पक्राउ
सोमबार, जेठ ८, २०८०
भन्सार कार्यालयको प्रज्ञापनपत्र र बैंकको नक्कली भौचर तयार गरी भन्सारकै पार्किङस्थलबाट बाहिरिएको माछासहितको एक मिनी ट्रक पक्राउ परेको छ । तीन सय ७५ नम्बरको अधिकारी क्लिरियन्स भन्सार एजेन्टले पास गरेको तीन हजार आठ सय किलो माछासहितको युपी ५३ एफ टि ५४५२ नम्बरको भारतीय नम्बर प्लेटको मिनिट्रक भैरहवा भन्सार कार्यालयबाट बाहिरिएको...
पाल्पामा करोडौंका ‘सांस्कृतिक डबली’ अलपत्र
सोमबार, जेठ ८, २०८०
लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माणधिन पाल्पाका दुई स्थानका सांस्कृतिक डबली पुरा नहुँदै अलपत्र परेका छन् । यहाँका विभिन्न जातजाति, समुदायका कला र संस्कृति प्रदर्शन गर्नुको साथै पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले तानसेन नगरपालिका र तिनाउ गाउँपालिकामा निर्माण थालिएका डबलीको अनुगमन तथा नियमन गर्ने निकाय नै नभएपछि पुरा नहुँदै अपलत्र परेका...
आज जैविक विविधता दिवस मनाइदैं
सोमबार, जेठ ८, २०८०
आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । जैविक विविधताका मुद्दाप्रतिको बुझाई र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको हो ।
रैनादेवी छहरा गाउँपालिकाद्धारा शिक्षक सेवा आयोगको निःशुल्क कक्षा सञ्चालन
आइतबार, जेठ ७, २०८०
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले पालिका भित्रका शिक्षित युवाहरुलाई लक्षित गरेर दुई हप्ते शिक्षक सेवा आयोग सम्बन्धी तयारी कक्षा सञ्चालन गरेको छ । पालिका भित्रका ४० जना शिक्षित युवाहरुलाई पालिकाले दुई हप्ते प्रा.वि स्तरको शिक्षक सेवा आयोगको तालिम सञ्चालन गरेको हो ।
नेकपा एकीकृत समाजवादी पाल्पाको सचिवालय बैंठक
आइतबार, जेठ ७, २०८०
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) पाल्पाको सचिवालय बैंठक बसेको छ । पार्टी संगठन सुदृढीकरण अभियान अन्तर्गत सचिवालयको विस्तारित बैंठक तानसेनमा भएको हो ।


