काँग्रेस गुल्मीको संगठन विभाग प्रमुखमा भट्टराई
शनिबार, जेठ १३, २०८०
सुरक्षित भवन निर्माणका लागि समन्वय आवश्यक
शनिबार, जेठ १३, २०८०
सुरक्षित र बलियो घर, भवन निर्माणका लागि समन्वय आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । रामपुरमा भएको घर तथा भवन निर्माण सम्बन्धी अन्तक्र्रिया कार्यक्रमका सहभागीहरुले पूर्वी पाल्पा मजदुर व्यवस्थापन समिति, रामपुरमा सञ्चालित ईन्जिनियरिङ कन्सल्टेन्सी र रामपुर नगरपालिकाबिच सुरक्षित र बलियो घर तथा भवन निर्माणमा समन्वयन हुनुपर्नेमा जोड दिएका हुन् ...
प्रेस युनियनको स्थापना दिवस : पाल्पामा असहायलाई भोजन
शनिबार, जेठ १३, २०८०
प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेर स्थापना दिवस मनाएको छ । शनिबार युुनियनको ३२ औं स्थापना दिवस मनाउन युनियनमा आवद्ध पत्रकार त्यहाँ पुगेका हुन् ।
तानसेनमा रोजगार मेला : जेभिटीका विद्यार्थीले बनाएका सामग्रीमा झुम्मिए दर्शक
शुक्रबार, जेठ १२, २०८०
तानसेनको तेस्रो सडकमा सञ्चालन भएको रोजगार मेलामा राखिएको जनता नमूना माध्यमिक विद्यालय (जेभिटी) को स्टलमा विद्यार्थी र दर्शकको आकर्षण देखिएको छ ।
तानसेनमा रोजगार मेला, ३ सय बेरोजगारले दिए आवेदन
शुक्रबार, जेठ १२, २०८०
तानसेनमा रोजगारीको मेला सञ्चालन भएको छ । तानसेन नगरपालिका पाल्पाको आयोजना र स्विस सरकार हेल्भेटासको सहयोगमा बेरोजगारीहरुको लागी तानसेनमा एक दिने बृत्ति विकास तथा रोजगार मेला भएको हो ।
प्रेस युनियन पाल्पाले भोलि स्थापना दिवस मनाउँदै
शुक्रबार, जेठ १२, २०८०
नेपाल प्रेस युनियन पाल्पा शाखाले भोलि ३२ औं स्थापना दिवस मनाउन लागेको छ । युनियनले शनिबार तानसेनमा रहेको निलसागर आश्रमका वृद्धवृद्धाहरुलाई एक छाक भोजनदान गरी स्थापना दिवस मनाउन लागेको हो ।
तानसेनमा भोलि ‘महिनावारी मेला’ हुुँदै
शुक्रबार, जेठ १२, २०८०
जिल्लाको तानसेनमा भोलि महिनावारी मेला हुन लागेको छ । रोट्रयाक्ट क्लब अफ पाल्पा लुम्बिनीले महिनावारी दिवसको अवसर पारेर साताव्यापी कार्यक्रम अन्तर्गत जेठ १३ गते शनिबार तानसेनको टुँडिखेलमा महिनावारी मेला आयोजना गर्न लागेको हो ।
सरकारलाई गुल्मी काँग्रेसले भन्यो –‘सांसद भण्डारीका माग बजेटमा समावेश गर’
शुक्रबार, जेठ १२, २०८०
नेपाली काँग्रेस गुल्मीले प्रतिनिधि सभाका सांसद् डा.चन्द्र भण्डारीले जेठ १० गते संसदमा बोलेका कुराहरुलाई आगामी वर्षको नीति, बजेट तथा कार्यक्रममा समावेश गर्न सरकारलाई आग्रह गरेको छ ।
गुल्मीका स्थानीय सरकारका एक वर्ष, विमानस्थल निर्माणदेखि एकल पुरुषलाई भत्ता
शुक्रबार, जेठ १२, २०८०
गुल्मीका स्थानीय सरकारमा नयाँ जनप्रतिनिधिले शपथ ग्रहण गरेको एक वर्ष पुगेको छ । गत वर्षको वैशाख २९ गते भएको निर्वाचनमा विजयी उम्मेदवारले जेठ ६ गते शपथ लिएका थिए । यस अवधिमा जिल्लाका कतिपय पालिकाले उदाहरणीय काम गरेका छन् । पालिकाले नीतिगत निर्णयमार्फत नागरिकलाई राहत दिने प्रयास गरिरहेका छन् ।
तानसेन –१ का जेष्ठ नागरिकलाई सम्मान
बिहीबार, जेठ ११, २०८०
तानसेन नगरपालिका–१ का जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडास्तरीय टोल विकास संस्था समन्वय समितिको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा वडाका २२ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । जेष्ठ नागरिकलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको समितिले जनाएको छ । ८४ वर्ष पुरा गरेका जेष्ठ नागरिकलाई दोसल्ला,...
रामपुरमा घरको छतबाट लडेर वृद्धको मृत्युु
बुधबार, जेठ १०, २०८०
जिल्लाको रामपुर नगरपालिका– ५ मा घरको छतबाट लडेर एक वृद्धको मृत्युु भएको छ । रामपुर –५ भम्बकका ६८ वर्षीय प्रेमलाल डोटेल मादक पदार्थ सेवन गरी छिमेकीकोबाट घर फर्कने क्रममा घरको छतबाट लडेर गम्भीर घाइते भएका थिए ।
पूर्वखोलामा घाँस काट्ने क्रममा रुखबाट लडेर वृद्धको मृत्युु
बुधबार, जेठ १०, २०८०
जिल्लाको पूर्वखोला गाउँपालिका –५ विरकोट ढापमा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्युु भएको छ । ढापका ७४ वर्षीय हरीराम पुनः जेठ २ गते घर नजिकैको बारीमा रहेको दबदबेको रुखमा चटी घाँस काट्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका थिए ।
उपचारपछि डा. भण्डारीको संसदमा पहिलो सम्बोधन : ‘जलन अस्पताल बनाऔं र पाठ्यक्रममा समेटौं’
बुधबार, जेठ १०, २०८०
नेपाली काँग्रेसका सांसद डा.चन्द्र भण्डारी आगलागीमा परी घाइते भई उपचारपछि पहिलो पटक संसदमा सम्बोधन गरेका छन् । उनी गत फागुन ३ गते निवासमा ग्यास लिक भई आगलागीमा परेका थिए । उनको फागुन ४ गतेदेखि बैशाख १७ गतेसम्म भारतको मुम्बईस्थित नेशनल बर्नस अस्पतालमा उपचार गरिएको थियो ।


