गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा दुुईको मृत्यु
शुक्रबार, वैशाख १५, २०८०
बौद्धिक पलायन रोक्न सांसदको माग
शुक्रबार, वैशाख १५, २०८०
प्रतिनिधिसभामा सांसदहरुले मुलुकमा अवसरको कमी हुँदा बौद्धिक पलायन भइरहेको बताउँदै यसलाई रोक्नका लागि आवश्यक नीति ल्याउन सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद राजेन्द्रप्रसाद लिङ्देनले नेपालमा बौद्धिकता पलायन भइरहेको बताउँदै बौद्धिक पलायन रोक्नका लागि सरकारले आवश्यक कार्यक्रम अघि बढाउनपर्ने धारणा व्यक्त गरे ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री र तीन मन्त्रीले लिए शपथ
शुक्रबार, वैशाख १५, २०८०
लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री र तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रिपरिषद्का सदस्यलाई शपथ ग्रहण गराएका हुन् ।
कैलाशनगर मिडियाद्वारा भित्तेपात्रो सार्वजनिक
बिहीबार, वैशाख १४, २०८०
कैलाशनगर मिडियाले नयाँ वर्ष २०८० को भित्तेपात्रो सार्वजनिक गरेको छ । बिहीबार तानसेनको भगवतीटोलमा रहेको मिडियाको प्रधान कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ वर्षको भित्रेपात्रो सार्वजनिकसँगै शुुभकामना आदानप्रदान गरिएको हो ।
बगनासकालीमा भिरबाट लडेर एक पुरुषको मृत्यु
बिहीबार, वैशाख १४, २०८०
जिल्लाको बगनासकाली गाउँपालिका–७ खहरेखोलाका एक पुुरुषको भिरबाट लडेर मृत्यु भएको छ । विहिबार विहान ३ बजे घरबाट उठेर हिडेका ४० वर्षीय केशवबहादुर बूढाथोकीको घर नजिकैको खहरेखोला भिरबाट लडेर मृत्यु भएको हो ।
तिनाउ खोलामा बेपत्ता किशोर मृत फेला
बिहीबार, वैशाख १४, २०८०
जिल्लाको तिनाउ गाउँपालिका–३ ड्यामसाइडस्थित तिनाउ खोलामा बुधबारदेखि वेपत्ता रहेका एक किशोर मृत फेला परेका छन् । पौडी खेल्ने क्रममा वेपत्ता भएका सिद्धार्थ नगरपालिका–८, गल्लामण्डिका १७ वर्षीय शिशिर उपाध्याय विहीबार सोही ठाउँमा मृत अवस्थामा फेला परेका हुन् ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी
बिहीबार, वैशाख १४, २०८०
नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
भिरकोटमा माटो परीक्षण ल्याब
बिहीबार, वैशाख १४, २०८०
स्याङ्जाको भिरकोटमा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको छ । भिरकोट नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा भिरकोट–२ मा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए ।
लुम्बिनीमा डढेलोले वन सखाप, स्वास्थ्यमा खराब
बुधबार, वैशाख १३, २०८०
बुटवल उपमहानगरपालिका–१२ निवासी दीनानाथ पोखरेल बिहानी हिँडाइमा निस्कन्छन् । नियमित घरबाट करिब तीन किलोमिटर राजमार्ग उत्तरमा पर्ने जङ्गल छेउछाउको भित्री सडकमा बिहानी हिँडाइ गर्ने उनलाई आजभोलि केही असहज भएको बताउन्छन् ।
बारा–२ मा यादव विजयी
बुधबार, वैशाख १३, २०८०
वैशाख १० गते सम्पन्न प्रतिनिधि सभाको उपनिर्वाचनमा बारा –२ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गरेका हुन् ।
तानसेनका थप ४ जनामा कोरोना देखियो
बुधबार, वैशाख १३, २०८०
तानसेनका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परीक्षणमा यहाँका थप ४ जानमा कोरोना देखिएको हो ।
सिङ्गो गाउँ अधिग्रहणमा विस्थापित, ५० वर्षमा पनि विस्थापितको पीडा उस्तै
बुधबार, वैशाख १३, २०८०
लुम्बिनी विकास समितिले घरजग्गा अधिग्रहण गरेपछि रामलखन नटुवाको परिवार घरबारविहीन भयो । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ बस्ने लोपोन्मुख नटुवा समुदायका उनले तत्कालीन पडरिया प्राथमिक विद्यालय अगाडि घर बनाउँदा पुनरावेदन अदालत बुटवलसम्म मुद्दा खेप्नुपर्यो । घरबारविहीन बनेकी छिमेकी दुर्गावती नटुवाले नजिकै रहेको कृषि विकास बैंकको जग्गा अगाडि सडक छेउमा छाएको झुप्रो लुम्बिनी...
पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा आत्रेय
मंगलबार, वैशाख १२, २०८०
जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा गुराँस आत्रेय मनोनीत भएका छन् । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको यही बैशाख ८ गते बसेको बैठकले आत्रेयलाई पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार तीन वर्षे कार्यकालका लागि आत्रेय समितिको अध्यक्षमा मनोनीत भएका हुन् ।


