Shittalpati
गुल्मीमा जंगली च्याउ खाएका तीन जना बिरामी

गुल्मी, गुल्मीमा जंगली च्याउ खाएर तीन जना बिरामी परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल सोही स्थानका ११ वर्षीय बिमल कुमाल र ८ वर्षीय सुस्मा कुमाल जंगली च्याउ खाएर बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिए । 

जंगली च्याउ खाएर बिरामी भएका उनीहरुलाई उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको छ । बिरामी तीनै जनाको अवस्था मध्यम रहेको डिएसपी पाण्डेले बताए ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update