Shittalpati
नेपाली काँग्रेस पाल्पा क्षेत्र न. २ ले गर्यो शुभकामना आदान–प्रदान 

पाल्पा, नेपाली काँग्रेसस प्रतिनिधि सभा क्षेत्र न. २ पाल्पाले नेपाल संवत्,विजया दशमी,दिपावली तथा छठ पर्वको अवसरमा  शुभकामना आदान–प्रदान गरेको छ । काँग्रेसले सोमबार  जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रमकाबिच शुभकामना आदान–प्रदान गरेको हो । 

कार्यक्रममा नेपाली काँग्रेस पाल्पा सभापति हिमाल दत्त श्रेष्ठले शुुभकामना व्यक्त गर्दै मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता अहिलेको आवश्यकता रहेको बताएका छन् । उनले जनतालाई शक्तिशाली बनाउन दलको आवश्यकता भएको उल्लेख गर्दै पार्टीका नेताहरुले जनतामुखी बन्नुपर्ने सुझाव दिए ।

 कार्यक्रममा नेपाली काँग्रेसका पूर्व पार्टी सभापति एवं लुम्बिनी प्रदेशका सांसद वीर बहादुर राना,नेपाली काँग्रेस उपसभापति ज्ञान बहादुर गाहा,झपेन्द्र गैरे,पार्टी सचिवहरु सुनिता अधिकारी,सन्तोष कुमार थापा मगर,नेपाली काँग्रेस प्रवक्ता शोभाकर न्यौपाने, काँग्रेस महासमिति सदस्य राम कार्की,  काँग्रेस नेता कृष्ण बस्याल,विधान श्रेष्ठ, यमलाल तिमिल्सिना लगायत शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा पार्टीका प्रदेश, जिल्ला,गाउँपालिका,वडा कमिटीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।  क्षेत्रीय सभापती  मुक्तिराम ( माधव) जिसिको सभापतित्व, सचिव कृष्ण बहादुर आलेको सन्चालनमा कार्यक्रम  भएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update