Shittalpati
विश्व दृष्टि दिवस मनाइँदै

पाल्पा, आज विश्व दृष्टि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउने उद्देश्यले आज विश्वभर यो दिवस मनाइदैछ । नेपालमा पनि यो दिवस मनाउन लागिएका हो ।

दिवसमा विश्वभरिका विभिन्न संघ–संस्थाले सरकार, संस्था र व्यक्तिलाई विश्वव्यापी रुपमा परिचालित अन्धोपन निवारण कार्यक्रममा सहकार्य गर्न प्रोत्साहित गरेको छ । विगत तीन दशकदेखि नेपालको आँखा स्वास्थ्य सेवामा गैरसरकारी संस्थाहरुको सहभागिताले यस क्षेत्रको प्रगती तुलनात्मक रुपमा अग्रिम पंक्तिमा छ । यद्यपि, प्राथमिक आँखा उपचार सेवालाई ग्रामीण समुदायसम्म अझ प्रभावकारी बनाउन सकिएको छैन ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update