Shittalpati
छापिएको दुई लाख अनुमतिपत्र लिन आएन् सेवाग्राही
छापिएको दुई लाख अनुमतिपत्र लिन आएन् सेवाग्राही नागरिकले चालक अनुमतिपत्र पाउन डेढवर्षसम्म कुरिरहँदा लाखौँ सेवाग्राहीले भने छापिएर आएको अनुमतिपत्र लिएका छैनन् । अहिले झण्डै दुई लाखभन्दा बढी अनुमतिपत्र थन्किएर रहेको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले जनाएको छ । 
काँग्रेस पाल्पाले सुरु गर्‍यो विशेष आन्तरिक अभियान
काँग्रेस पाल्पाले सुरु गर्‍यो विशेष आन्तरिक अभियान नेपाली काँग्रेस पाल्पाले संगठन सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान सुरु गरेको छ । पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार जिल्लामा पनि विहीबारदेखि १० दिने विशेष आन्तरिक अभियान सुरु गरिएको हो ।
विद्यालय शिक्षा विधेयक संसद्‌मा दर्ता हुन ढिलाइ
विद्यालय शिक्षा विधेयक संसद्‌मा दर्ता हुन ढिलाइ नेपाल सरकार (मन्त्रिपरिषद्) बाट यही साउन १६ गते स्वीकृत भए पनि हालसम्म विद्यालय शिक्षालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्‌मा दर्ता भएको छैन ।
विपद्‍बाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु
विपद्‍बाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्‍बाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपद्‍मा परेर ४१ जनाले ज्यान गुमाएका छन् । एकतीस जना बेपत्ता छन् । 
औषधि सेवनबाट गर्भपतन गराउने बढ्दै
औषधि सेवनबाट गर्भपतन गराउने बढ्दै स्याङ्जामा औषधिको प्रयोग गरेर सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा एक हजार एक सय ६४ जनाले सरकारी स्वास्थ्य संस्थामा गएर सुरक्षित गर्भपतन गराएका छन् ।
 डुबेर दाजु–भाइको मृत्यु
 डुबेर दाजु–भाइको मृत्यु पोखरीमा डुबेर एकै घरका दाजुु–भाइको मृत्यु भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–५ बगहीका एकै घरका दाजुभाइको पोखरीमा डुबेर मृत्यु भएको हो । 
नारायणगढ–बुटबल सडक : पश्चिम खण्डको म्याद एकवर्ष थप
नारायणगढ–बुटबल सडक : पश्चिम खण्डको म्याद एकवर्ष थप सुस्तगतिमा विस्तारको काम भएको  गुनासो आइरहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डको म्याद एकवर्ष थप गरिएको छ । सुरुआती ठेक्का सम्झौतअनुसार अघिल्लो वर्षको साउन २२ मा सडक निर्माणको काम सकिनुपर्नेमा अहिले दोस्रोपटक म्याद थप गरिएको छ । 
एमालेको अवरोध : प्रतिनिधी सभा र राष्ट्रिय सभा बैठक स्थगित
एमालेको अवरोध : प्रतिनिधी सभा र राष्ट्रिय सभा बैठक स्थगित प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद अवरोध गर्दै आएको छ । सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नैपर्ने अडान राख्दै एमालेले संसद् बैठक अवरोध गर्दै आएको हो ।
अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने अझै केही दिन वर्षा हुने बताइएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुई दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘आँखा पाक्ने रोग लागे आत्तिनु पदैन’
‘आँखा पाक्ने रोग लागे आत्तिनु पदैन’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिइ घरमा बसेर उपचार गर्न आग्रह गरे ।
अनलाइनमार्फत यौनहिंसा गर्ने दुई पक्राउ
अनलाइनमार्फत यौनहिंसा गर्ने दुई पक्राउ नेपाल प्रहरीले अनलाइनमार्फत यौनहिंसा गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट पठाएर नाबालिकासँग प्रेम सम्बन्धको बाहना बनाई अनलाइन अडियो र भिडियो कलमार्फत यौनहिंसा गर्ने सिन्धुपाल्चोक इन्द्रावती नगरपालिकाका समीर तामाङ र सुरेश तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
वैदेशिक रोजगार विभागको ‘अनलाइन’सेवा अवरुद्ध
वैदेशिक रोजगार विभागको ‘अनलाइन’सेवा अवरुद्ध वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।
Weather Update