Shittalpati
दुःख दिए बाँदर र बदेलले, धपाउन बारीमै बास
दुःख दिए बाँदर र बदेलले, धपाउन बारीमै बास बाली नालीलाई बाँदरले मात्र होइन बदेलले पनि सखाप पार्ने गरेको छ । जंगलनजिकै खेतीबारी हुने किसानहरु दिनभरि बाँदर धपाउँछन् भने राति बदेल ढुकेर बस्छन् । पछिल्लो समय पाल्पा र गुल्मीका अधिकांस ठाउँका किसान दिनरात नभनी खेतबारीमै बास बस्न बाध्य छन् ।
एमालेको अवरोधपछि संसद् स्थगित
एमालेको अवरोधपछि संसद् स्थगित लगातार बैठक चल्न नदिएको प्रमुख प्रतिपक्षी एमालेले सोमबार पनि संसद् अवरोध गरेको छ ।  एक क्विन्टल सुन तस्करीको छानविन गर्नका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै आएको एमालेले संसद् चल्न दिएन ।  एमालेको अवरोधपछि बैठक स्थगित गरिएको छ ।
भारी वर्षाका कारण २४ जनाको मृत्यु
भारी वर्षाका कारण २४ जनाको मृत्यु भारतमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । मृतकमध्ये नौ जनाको मन्दिर भत्किँदा मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
बुटवलमा मिडिया सम्मेलन हुँदै
बुटवलमा मिडिया सम्मेलन हुँदै बुटवलमा राष्ट्रिय मिडिया सम्मेलन हुने भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले एक दिने मिडिया सम्मेलन गर्न लागेको हो । संघले प्रदेशभित्र रहेका विभिन्न छापा माध्यम, रेडियो, टेलिभिजन तथा अनलाइन मिडियाहरुको  संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्न भदौ १ गते सम्मेलन गर्न लागेको छ ।
कागखोला बाढी : स्थानीय भन्दछन्, ‘ज्यान त बच्यो, हेर्दा हेर्दै घरबारविहीन भयौं’
कागखोला बाढी : स्थानीय भन्दछन्, ‘ज्यान त बच्यो, हेर्दा हेर्दै घरबारविहीन भयौं’ मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका-४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनविर किसान आइतबार राति ८ बजे खाना खाने तयारी गर्दै थिए । कालीगण्डकी र कागखोलाको दोभान नजिकैको विद्यालयको छात्रावासमा बस्ने शिक्षक, विद्यार्थी र स्थानीयवासीको बाढी आएको सूचना पाएपछि भागदौड भएको थियो ।
वर्षा अझै केही दिन : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध
वर्षा अझै केही दिन : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।  कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसपास रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।
वर्षाका कारण जनजीवन प्रभावित, सतर्क रहन आग्रह
वर्षाका कारण जनजीवन प्रभावित, सतर्क रहन आग्रह अविरल वर्षाका कारण पाल्पा, गुल्मीसहित अधिकांस जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण केही स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएका छन् भने तराई क्षेत्रमा डुवान भएको छ । निकास नहुँदा तानसेनका सडक भएर पानी बग्दा आवागमनमा अप्ठ्यारो भएको छ ।
स्मार्ट कृषिले किसानलाई व्यावसायिक बनाउँदै
स्मार्ट कृषिले किसानलाई व्यावसायिक बनाउँदै सन्धिखर्क नगरपालिका–१ र २ मा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएपछि किसान व्यावसायिक तरकारी खेतीमा लागेका छन् । सन्धिखर्कको कुडूले फाँट, वृति फाँटर सुक्मी फाँटका किसान अहिले परम्परागतखेती छाडेर मौसमी तथा बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।
बस र कार ठोक्किँदा एकै परिवारका सातको मृत्यु
बस र कार ठोक्किँदा एकै परिवारका सातको मृत्यु  राजस्थानको बन्थडी गाउँमा शनिबार राति बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको घटनास्थलमा मृत्यु भएको छ । दुर्घटनामा एक बालकसहित दुईजना गम्भीर घाइते भएका छन् । उनीहरू वैवाहिक समारोहमा सहभागी हुन सिकरबाट नागौर जाँदै थिए ।
रिब्दीकोट गाउँपालिकाले घरमै पुगेर दियो आपाङ्गतालाई ह्विल चेयर 
रिब्दीकोट गाउँपालिकाले घरमै पुगेर दियो आपाङ्गतालाई ह्विल चेयर   जिल्लाको रिब्दीकोट गाउँपालिकाले अपाङ्गता भएकाहरुलाई घरमै ह्विल चेयर दिएको छ ।  पालिकाले कुसुमखोला देविडाँडाका मोतीबहादुर लम्तरीलाई घरमै पुगेर ह्विल चेयर दिएको हो । 
सात बालबालिकाको भारतबाट उद्धार
सात बालबालिकाको भारतबाट उद्धार नेपालका विभिन्न जिल्लाबाट हराएका सात बालबालिकाको भारतबाट उद्धार गरिएको छ । विगत छ वर्षदेखि मानव बेचबिखनविरूद्ध कार्यरत सामाजिक संस्था केआइएन इन्डियाले भारतका विभिन्न स्थानबाट उद्धार गरिएका चार बालक र तीन बालिकालाई सुनौली नाका हुँदै शनिबार स्वदेश फिर्ता गराएको हो । 
एकीकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही
एकीकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही ,नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाको अध्यक्षमा अशोककुमार शाही चयन भएका छन् । पार्टी सचिवालयको विस्तारित बैठकले यस अघि रिक्त रहेको अध्यक्ष पदमा शाहीलाई चयन गरेको हो । 
Weather Update