गुल्मीका दुई पत्रकारलाई ‘नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कार’
बिहीबार, साउन ४, २०८०
कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ
बिहीबार, साउन ४, २०८०
जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न समयमा अदालतबाट कैद र जरिवानाको फैसला भएका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले आर्थिक वर्ष २०७९/८० मा आपराधिक क्रियाकलापमा संलग्न रही अदालतले कैद र जरिवाना फैसला सुनाएपछि फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो ।
पाल्पामा सवारी दुर्घटनाको बढ्दो ग्राफ : चार वर्षमा १ सय ९ को मृत्यु
बिहीबार, साउन ४, २०८०
गत पौष २१ मा पाल्पाको रैनादेवी छहरा गाउँपालिका –८ खुर्सनेमा ग १ ख ४९७७ नम्वरको बस दुर्घटना हुुँदा ६ जनाको मृत्यु भयो । रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानेका लागि छुटेको यात्रुवाहक बस दुर्घटनामा उनीहरुले ज्यान गुमाए । ८ साउन २०७९ मा रिब्दीकोटको लघुवामा लु १ ख ५९५२ नम्वरको बस दुर्घटना हुँदा...
मेयर छात्रवृत्तिले विपन्न विद्यार्थीलाई राहत
बिहीबार, साउन ४, २०८०
हुम्लाको ताजाकोट गाउँपालिका–२ खटिकबाडाका राजेन्द्र खत्री रामपुरमा बसेर इन्जिनियरिङ शिक्षा अध्ययन गर्छन् । उनी रामपुरस्थित दरैठाँटी माविमा सिभिल इन्जिनियरिङको तेस्रो सेमेष्टरमा अध्ययनरत छात्र हुन् । सो सेमेष्टरको भर्ना अभियान चलेको बेला पैसाको जोहो कसरी गर्ने भन्ने चिन्ताले उनलाई पिरोलिरहेको थियो । परिवारमा पैसा बन्दोबस्त गर्न नसक्दा पढाइ बीचमै छाड्ने कि...
बजार अनुगमन हुन्छ, कारवाही हुँदैन
बुधबार, साउन ३, २०८०
पाल्पाको सदरमुकाम तानसेनका पसलहरुमा बेला–बेलामा मौसमी अनुगमन हुने गर्दछ । हरेक वर्ष दसैं–तिहार र आर्थिक वर्षको सुरुमा बजार अनुगमनले राम्रै प्राथमिकता पाउने गर्दछ । बजार अनुगमन गर्दा गुणस्तरहिन बस्तु नस्ट गरिन्छ । अनि यसको प्रचारप्रसार पनि राम्रै हुन्छ तर, कारवाही भने हुँदैन ।
अङ्गदानमा लैङ्गिक विभेद : दान गर्ने महिला, लिने पुरुष
बुधबार, साउन ३, २०८०
रोगले महिला र पुरुष भन्दैन, जोसुकैलाई पनि लाग्न सक्छ । रोगकै कारण कुनै व्यक्तिको अङ्ग काम नलाग्ने भयो भने प्रत्यारोपण गर्नुपर्ने अवस्था आउँछ । यस्तो अवस्थामा नजिकका आफन्तको अङ्ग आवश्यक पर्छ । त्यसका लागि सबैभन्दा पहिला घरपरिवारका सदस्य नै अङ्गदानको प्राथमिकतामा पर्छन् ।
एकीकृत समाजवादी पाल्पाका अध्यक्ष पाण्डेको सम्झनामा स्मृति कोषसँगै वृक्षारोपण
मंगलबार, साउन २, २०८०
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका अध्यक्ष खिमानन्द पाण्डे (कमल)को सम्झनामा स्मृति कोष स्थापनाको घोषणासँगै वृक्षारोपण गरिएको छ । असार २२ गते हृदयघातका कारण निधन भएका ५२ वर्षीय पाण्डेको सम्झनामा परिवारले स्मृति कोष स्थापना गर्ने घोषणा र वृक्षारोपण गरेको हो ।
काँग्रेसले ‘घरघर जाऔं, पार्टी सदस्य बनाऔं’ अभियान चलाउने
मंगलबार, साउन २, २०८०
नेपाली काँग्रेसले सदस्यता विस्तारका लागि अभियान चलाउने भएको छ । उसले नयाँ सदस्य थप्नका लागि ‘घरघर जाऔं, पार्टी सदस्य बनाऔं’ अभियान चलाउने भएको हो ।
अधिकमास अर्थात् मलमास सुरु
मंगलबार, साउन २, २०८०
प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ । साउन ३१ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार तीन सय ६५ दिनको वर्ष हुन्छ ।
गत आवमा लागुऔषध प्रयोग गर्ने साढे पाँच हजारभन्दा बढी पक्राउ
मंगलबार, साउन २, २०८०
गत आर्थिक वर्ष २०७९/८० मा लागुऔषध कारोबार तथा सेवनमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच हजार छ सय ११ जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध तीन हजार सात सय १२ वटा मुद्दा दर्ता गरिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
१० हजार डलरसहित विदेशी नागरिक पक्राउ
मंगलबार, साउन २, २०८०
नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार डलरसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षार्थ खटिएको नेपाल प्रहरीको नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौँदेखि दुवई जान लागेका लेवनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ढोलीमारा किवीले हराभरा
मंगलबार, साउन २, २०८०
जिल्लाको पूर्वखोला गाउँपालिका –२ जल्पाको ढोलीमारा यति बेला किवीले हराभरा भएको छ । ७ वर्षअघिसम्म बाँदरबाट मकैबारी जोगाउन मुस्किल पर्ने ढोलीमाराका बारीहरु यतिबेला किवीले हराभरा देख्न सकिन्छ । अहिले व्यावसायिक रुपमा किवी खेती थालिएपछि एकातिर बाँदरबाट बाली जोगिएको छ भने अर्कोतिर किसानले सामूहिक रुपमा थालेको व्यवसायिक किवीबाट सफलता पाउन थालेका...
आगोको राँको बालेर लुतो फालियो
मंगलबार, साउन २, २०८०
साउने संक्रातिका दिन आगोको राँको बालेर लुतो फालिएको छ । साउन १ गतेका दिन साँझ घर–घरका छत/आगनबाट आगोको राँको बालेर लुतो फालिएको हो । विशेषतः पहाडी जिल्लाका गाउँहरुमा आगोको राँको बालेर लुतो फालिएको छ । आगोको राँका बालेर शरीरमा पुछेर फालेमा वर्षभरीको दुःखकष्ट रोगग्रह जाने र घरमा शान्ति आउने जनविश्वास...


