Shittalpati
बुधबारदेखि मनसुन भित्रियो
बुधबारदेखि मनसुन भित्रियो नेपालमा यस वर्षको मनसुन बुधबारदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर समय जुन १३ तारिख भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘रक्तदान गर्न मानिसहरु अझै हिचकिचाउन्छन्’
‘रक्तदान गर्न मानिसहरु अझै हिचकिचाउन्छन्’ मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले रक्तदान जीवनदान भए पनि चेतना अभावले गर्दा अझै पनि माननिसहरु रक्तदान गर्न हिचकिचाउने गरेको बताएका छन् ।  रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले आयोजना गरेको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितालाई तानसेनमा सम्बोधन गर्दै उनले चेतना नहुँदा मानिसहरु अझै पनि रक्तदान गर्न हिचकिचाउने गरेको बताएका हुन् ।
‘रक्तदान जीवनदान’ वक्तृत्वकलामा  प्रथम भईन रामपुरकी घिमिरे
‘रक्तदान जीवनदान’ वक्तृत्वकलामा  प्रथम भईन रामपुरकी घिमिरे  विश्व रक्तदान दिवशको अवशरमा नेपाल रेडक्रस सोसाईटी पाल्पाले आयोजना गरेको जिल्लास्तरीय रक्तदान जीवनदानमा युवाहरुको भूूमिका वक्तृत्वकला प्रतियोगितामा रामतुल्सी माध्यमिक विधालय रामपुरकी सुरक्षा घिमिरे प्रथम भएकी छन् ।  यसै गरी  न्य होराइनज विधालय तानसेनकी कृशिला ढुंङ्गाना दोस्रो भएकी छन्  भने दमकडा नमुना माध्यमिक विधालयकी सपना भण्डारी तेस्रो भएकी छन् । विजयी...
प्रेस युनियन पाल्पाद्वारा प्रकाशित श्रमजीवीको अंक सार्वजनिकीकरण
प्रेस युनियन पाल्पाद्वारा प्रकाशित श्रमजीवीको अंक सार्वजनिकीकरण प्रजातान्त्रिक पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाद्वारा प्रकाशित श्रमजीवी बुलेटीनको अंक सार्जनिकीकरण गरिएको छ । युनियनले बुुधबार एक औपचारिक कार्यक्रमकाबिच बुलेटीनको वर्ष १०, अंक १ को सार्वजनिकीकरण गरेको हो ।
दादुराबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित
दादुराबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित दादुराको प्रकोपबाट १६ जिल्लाका  एक हजारभन्दा बढी बिरामी परेका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनामा  दादुरा फैलिएको हो । 
कानुन नहुँदा सञ्चालनमा आएनन् लुम्बिनीका विद्युतीय सवारी
कानुन नहुँदा सञ्चालनमा आएनन् लुम्बिनीका विद्युतीय सवारी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदह लगायतका क्षेत्रमा सञ्चालन गर्ने गरी ल्याइएका विद्युतीय बस सञ्चालनमा अन्योलता देखिएको छ । बुद्धसँग सम्बन्धित यी क्षेत्रमा पर्यटक आवतजावतलाई सहज बनाउन दातृ निकायको अनुदानमा विद्युतीय सवारी ल्याइएको थियो ।
आज विश्व रक्तदाता दिवस मनाइदैं
आज विश्व रक्तदाता दिवस मनाइदैं आज विश्व रक्तदाता दिवस मनाइदैं छ । रक्तदान सम्बन्धी विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो ।
कारण देखाउ आदेश
कारण देखाउ आदेश सर्वोच्च अदालतले सशस्त्र सङ्घर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगर्नुका कारण देखाउन आदेश दिएको छ । 
रामपुरका महिलाहरुलाई बाख्रा उपहार प्रदान
रामपुरका महिलाहरुलाई बाख्रा उपहार प्रदान रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत महिलाहरुलाई बाख्रा उपहार प्रदान गरिएको छ । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग, पछौटेपन उन्मूलन समाज बेस नेपालको सहजीकरणमा सञ्चालनमा रहेको परियोजना मार्फत बाख्रा उपहार प्रदान गरिएको हो ।
स्थायी कर्मचारी दरबन्दी १५ दिनभित्र पठाउन मन्त्रालयको पत्राचार
स्थायी कर्मचारी दरबन्दी १५ दिनभित्र पठाउन मन्त्रालयको पत्राचार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र आफ्नो कार्यालय अन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन सबै मन्त्रालय, आयोग र सचिवालयलाई पत्राचार गरेको छ ।
पाल्पामा पनि अचाक्ली गर्मी, हुन थाले विद्यालय बन्द
पाल्पामा पनि अचाक्ली गर्मी, हुन थाले विद्यालय बन्द देशका अन्य जिल्लाका तुलनामा पाल्पाको हावा, पानी राम्रो मानिन्छ । चिसो मौसममा होस् वा गर्मी मौसममा नै किन नहोस् यहाँको मौसम मध्यम नै रहने गर्छ । तर यस पटक भने तराईमा बढेको अत्याधिक गर्मीको प्रभाव पाल्पामा पनि परेको छ । वर्षा गराउने मौसमी गतिविधि कम सक्रिय भई देशका अधिकांश स्थानहरूमा...
सुरक्षित गर्भपतन सेवा सबै महिलाहरुको पहुँचमा हुनुपर्नेमा जोड
सुरक्षित गर्भपतन सेवा सबै महिलाहरुको पहुँचमा हुनुपर्नेमा जोड सुरक्षित गर्भपतन सेवा सबै महिलाहरुको पहुँचमा हुनुपर्नेमा पाल्पामा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । नेपाल परिवार नियोजन संघ पाल्पाको आयोजना र स्वास्थ्य कार्यालयको समन्वयमा तानसेनमा भएको सरोकारवालासँग प्रजनन् स्वास्थ्य र मूल्य मान्यता सबन्धी अभिमुखीकरण कार्यक्रममा उच्च प्रशासक, जनप्रतिनिधी, युवा, महिला तथा पत्रकारहरुले गर्भधारण गर्ने वा धारण गरेको गर्भलाई...
Weather Update