Shittalpati
प्रेस युनियनका उपाध्यक्ष भण्डारीको संयोजकत्वमा ‘विधागत पत्रकारिता प्रवर्धन’ विभाग गठन

पाल्पा, नेपाल प्रेस युनियनले विधागत पत्रकारिताको विकासका लागि विधागत पत्रकारिता प्रवद्र्धन विभाग गठन गरेको छ । युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा विभिन्न विधामा क्रियाशील पत्रकारहरुलाई समेटेर युनियनले विभाग गठन गरेको हो । 

युनियनका अध्यक्ष शिव लम्सालले उपाध्यक्ष भण्डारीलाई यसअघि नै विभागीय संयोजक तोकेका थिए भने सदस्यहरु शुक्रबार नियुक्त गरेर विभाग गठन गरेका हुन् । विभागका सदस्यहरुमा सूचना प्रविधि बिटबाट युनियनका सचिव सहदेव चौधरी, अनलाइनबाट सचिव छायाँचन्द्र भण्डारी, टीभीबाट सचिव अशोक तिवारी, रेडियोबाट सचिव नरहरि सापकोटा, कला साहित्यबाट केन्द्रीय सदस्य लोकराज अधिकारी, स्थानीय मामिलाबाट केन्द्रीय सदस्य शोभा केसी, संसदीय मामिलाबाट विष्णु खड्का, उर्जाबाट लक्ष्मण वियोगी, पर्यटनबाट मधुजंग पाण्डे, कृषिबाट राजेश बर्मा र स्वास्थ्यबाट बुद्धि कटेललाई नियुक्त गरिएको  महासचिव दिलिप पौडेलद्धारा जारी वक्तव्यमा उल्लेख छ ।
विभागका बाँकी सदस्यहरु भने पछि नियुक्त गरिने विभागीय प्रमुख भण्डारीले जानकारी दिए । पछिल्लो समय विधागत पत्रकारिता ओझेलमा परेकाले पत्रकारिताको गुणस्तर नै खस्किदै गएका बेला युनियनले विधागत पत्रकारितालाई प्रर्वद्धन गर्न छुट्टै विभाग गठन गरेको महासचिव पौडेलले बताए । 

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update