Shittalpati
गर्भवतीलाई अल्ट्रासाउण्ड सेवा निःशुल्क
गर्भवतीलाई अल्ट्रासाउण्ड सेवा निःशुल्क बुटवल उपमहानगरपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणका लागि ‘अल्ट्रासाउण्ड’ (भिडियो एक्सरे) सेवा निःशुल्क सुरु गरेको छ । बुटवल उपमहानगरपालिका–९ र ११ का लागि बुद्धनगरस्थित सहरी स्वास्थ्य केन्द्रबाट नगर प्रमुख खेलराज पाण्डेयले सेवा सुरु भएको घोषणा गरेका हुन् ।
पाल्पामा पनि मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस
पाल्पामा पनि मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस अन्तर्राष्ट्रिय युवा दिवस पाल्पामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ :  नवप्रवर्तन र उद्यमशीलतामा हरित सिप विकास’ भन्ने नाराका साथ शनिबार दिवस मनाइएको हो । दिवसका अवसरमा नेपाल परिवार नियोजन संघ पाल्पा र रोट्रयाक्ट क्लव अफ पाल्पाको संयुक्त आयोजनामा उत्कृष्ट युवा सम्मान तथा...
पचभैया फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित
पचभैया फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ स्व किसन राई (मरणोपरान्त) पुरस्कारबाट पाल्पाका क्रियाशिल पत्रकार देव पचभैया सम्मानित भएका छन् । 
पहिरोमा खसेको ढुङ्गा लागेर प्रहरीको मृत्यु
पहिरोमा खसेको ढुङ्गा लागेर प्रहरीको मृत्यु मकवानपुरमा सुक्खा पहिरामा खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैँसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको शुक्रबार साँझ मृत्यु भएको हो ।
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । देशभर युवासँग सम्बन्धित विभिन्न गैरसरकारी संघसंस्थाले कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।
बन्धक बन्यो संसद्, अझै हटेन अवरोध
बन्धक बन्यो संसद्, अझै हटेन अवरोध लगातार बैठक चल्न नदिएको प्रमुख प्रतिपक्षी एमालेले शुक्रबार पनि संघीय संसद्का दुवै सदनका बैठक अवरोध गर्यो। एक क्विन्टल सुन तस्करीको छानविन गर्नका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै आएको एमालेले संसद् बैठक अवरुद्ध गर्दै आएको छ । एमालेको अवरोधपछि बैठक स्थगित गरिएको छ ।
पाल्पामा डेंगीबाट बालिकाको मृत्यु
पाल्पामा डेंगीबाट बालिकाको मृत्यु डेंगी संक्रमणबाट पाल्पामा एक बालिकाको मृत्यु भएको छ । तानसनेनस्थित युनाइेट मिसन अस्पतालमा उपचाररत वालिङ नगरपालिका–११, आमडाँडाकी ११ महिनाकी बालिकाको संक्रमण डेंगी संक्रमणबाट मृत्यु भएको हो ।
लायन्स क्लव अफ पाल्पा विपनाले दियो बालबालिकालाई खेलकुद तथा शैक्षिक सामग्री
लायन्स क्लव अफ पाल्पा विपनाले दियो बालबालिकालाई खेलकुद तथा शैक्षिक सामग्री लायन्स क्लव अफ पाल्पा विपनाले तानसेनस्थित बालमन्दिर प्राविका बालबालिकाहरुलाई खेलकुद तथा शैक्षिक सामग्री सहयोग गरेको छ । सेवा गर्ने उद्देश्य २०१९ जुलाई १४ मा स्थापना भएको क्लवले शुक्रबार एक औपचारिक कार्यक्रमका बिच सामग्री हस्तान्तरण गरेको हो ।
तानसेनमा लागुऔषधसहित एक जना पक्राउ
तानसेनमा लागुऔषधसहित एक जना पक्राउ जिल्लाको सदरमुकाम तानसेनमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । तानसेन नगरपालिका–२ नारायणस्थानस्थित एक घरमा डेरा गरी बस्दै आएका सर्लाहीको इश्वरपुर नगरपालिका –१२ स्थायी ठेगना बताउने २४ वर्षीय कमल कुमार खड्कालाई प्रहरी लागुऔषधसहित पक्राउ गरेको हो ।
गुल्मी काँग्रेस सभापतिको बादर आतंक रोक्ने प्रस्ताव बन्यो ‘हट केक’
गुल्मी काँग्रेस सभापतिको बादर आतंक रोक्ने प्रस्ताव बन्यो ‘हट केक’ नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बैंठक हलमा प्रस्ताव गरेको एउटा एजेण्डा सुन्नासाथ केन्द्र, प्रदेश र जिल्लाका सयौं नेताहरुले तालि बजाए । बैंठक हलमा गाई गुई भयो, तर सहभागी सबैका अनुहारमा खुसी छायो । सबैले भने ‘काँग्रेस बल्ल जनताका आवाज  बोल्दै छ ।’  
स्वास्थ्य सवलताका लागि ‘नर्सिङ घरदैलो कार्यक्रम’
स्वास्थ्य सवलताका लागि ‘नर्सिङ घरदैलो कार्यक्रम’ स्याङ्जाको वालिङमा नागरिकको स्वास्थ्य सवलताका लागि ‘नर्सिङ घरदैलो कार्यक्रम’ सञ्चालन गरिएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिका बीच सम्झौतापत्रमा हस्ताक्षर भई उक्त कार्यक्रम सञ्चालनमा आएको हो ।
डेंगीबाट आठ जनाको मृत्यु
डेंगीबाट आठ जनाको मृत्यु नेपालमा पछिल्लो समय डेंगी संक्रमितको संख्या बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार ७४ जिल्लामा फैलिएको डेंगीबाट हालसम्म ८ जनाको  मृत्यु भइसकेको छ । जसमा पाल्पाकी एक जना महिला रहेकी छन् ।  
Weather Update