Shittalpati
पाल्पामा महिलाको पाठेघर र स्तन क्यान्सरको शिविर  , दुई सय बढीले लिए सेवा

पाल्पा, पाल्पा लायन्स क्लवको आयोजना, नेपाल अष्ट्रेलियन राजदुतावास, नेपाल अष्ट्रेलियन सर्भाइकल क्यान्सर फाउण्डेसनको सहयोगमा पाल्पाको तानसेन र रामपुरको जब्गादीमा एक दिने निःशुल्क महिलाको पाठेघर मुख र स्तन क्यान्सरको शिविर सञ्चालन  गरिएको छ ।  तानसेनमा भएको शिविरको तानसेन नगरपालिका वडा नंं ३ का वडा अध्यक्ष बाबुरत्न शाक्यले शुभारम्भ गरेका थिए ।

रामपुर नगरपालिका  वडा नंं ९ जब्गादीको स्वास्थ्य चौकीमा यही शुक्रबार र तानसेन नगरपालिका वडा नंं ३ भगवती मन्दिर परिसरमा शनिवार भएको हो । तानसेन भगवती मन्दिर परिसरमा भएको  शिविरमा १ सय ८० जना महिलाको चेकजाँच भएकोमा १४ जना महिलामा पोजेटिभ, ४० जना महिलामा इन्फेक्सन देखिएको  पाल्पा लायन्स क्लवकी अध्यक्ष कमला शर्माले बताईन । रामपुरको जब्गादीको शिविरमा ९९ महिलाले चेकजाँच गरेकोमा ३ जना मात्र पोजेटिभ देखिएका थिए ।  यो अवस्थामा गाउँमा भन्दा शहर बजारमा सक्रमण तथा पोजेटिभको दर उच्च रहेको शिविर संयोजक समिरमान सिंहले बताए ।  आगामी दिनमा यस्ता किसिमका स्वास्थ्य शिविर सञ्चालन गर्दै जाने कार्यक्रम संयोजक सिंहले बताए ।

शिविरमा विशेषज्ञ चिकित्सक प्रमेश्वरी श्रेष्ठको समुहले सुरक्षित र व्यस्थित  परीक्षण गरेको, पोजेटिभ देखिएका महिलाहरुमा तत्काल अत्याधुनिक मेसिनबाट उपचार गरी भविष्यमा हुने क्यान्सरको जोखिम हटाएको नेपाल अष्ट्रेलियन सर्भाइकल क्यान्सर फाउण्डेसनकी कार्यक्रम संयोजक अमला मानन्धरले बताईन । शिविरमा आएका विरामीहरुलाई आवश्यकताको आधारमा औषधी समेत वितरण गरिएको थियो । समयमै पाठेघर मुख र स्तन क्यान्सको जाँच गरेका १५ देखी २० बर्ष  पछी क्यान्सर हुने सम्भावनालाई रोक्न सकिने पाल्पा लायन्स क्लवले जनाएको छ । शिविरमा तानसेनमा १ सय ५० जना र रामपुरमा १ सय १० जना व्यक्तिहरुमा मधुमेहको समेत निशुल्क परिक्षण गरिएको थियो । 
 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update