पाल्पामा बढ्दो साइबर अपराध
आइतबार, माघ ६, २०८१
पाल्पाको वसन्तपुरमा नेपाल–भारत सीमा सुरक्षा बैंठक
शनिबार, माघ ५, २०८१
पाल्पाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा नेपाल–भारत सीमा सुरक्षा बैठक भएको छ । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलवीचको डिआईजी स्तरीय समन्वयात्मक बैठक भएको हो ।
स्याङ्जामा टिपर दुुर्घटना : एकको मृत्युु, चार घाइते
शनिबार, माघ ५, २०८१
स्याङजाको आँधिखोला गाउँपालिका –५ कृषिस्थित कृषि–ओहिया भित्री कच्ची सडक खण्डमा टिपर दुर्घटना भएको छ । शुक्रबार राती कृषिबाट ओहियातर्फ जाँदै गरेको ग. १ क. ५१३९ नम्बरको आराम्भ निर्माण सेवाको टिपर दुर्घटना भएको हो ।
अनलाइनबाट नागरिकता सिफारिस
शनिबार, माघ ५, २०८१
जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ । यस्तो व्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या हटेको छ ।
अवैध लागूऔषध ओसार–पसार बढ्दो
शनिबार, माघ ५, २०८१
नेपालमा पछिल्लो समय लागूऔषध दुरुपयोग एवं अवैध ओसार–पसार बढ्दो छ । खास गरी साथीभाइको संगत, बेरोजगारी, परिवारको भूमिकामा कमी, पश्चिमा संस्कृतिको प्रभाव, लागूपदार्थको व्यापारबाट छिट्टै धनी बन्ने व्यापारिक चिन्तनका कारण नेपालमा लागूपदार्थको दुरुपयोग एवं अवैध ओसार–पसार बढ्दो रहेको हो ।
वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च
शुक्रबार, माघ ४, २०८१
देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या उस्तै रहेको छ ।
हत्या गरेको अभियोगमा एक युुवक पक्राउ
शुक्रबार, माघ ४, २०८१
हत्या गरेको अभियोगमा रुपन्देहीमा एक युुवक पक्राउ परेका छन् । जिल्लाको सियारी गाउँपालिका–७ हिरागंजस्थित न्यू कामना ईटा उद्योगमा काम गरी बस्ने भारत गोरखपुर जगल–६ घर भएका ४० वर्षीय निष्ठुरी केवटको हत्या गरेको अभियोगमा युुवक पक्राउ परेका हुन् ।
सिद्धबाबा सुरुङमार्ग : ‘ब्रेक थ्रु’ अन्तिम चरणमा
शुक्रबार, माघ ४, २०८१
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग छिचोल्ने (ब्रेक थ्रु) काम अन्तिम चरणमा पुगेको छ । एक हजार एक सय २६ मिटरको सुरुङमध्ये एक हजार ८९ मिटर खनेर सकिएको छ । अबका केही दिनभित्रै सुरुङ छिचोल्ने तयारी गरिएको छ । औपचारिक कार्यक्रम गरी सुरुङमार्ग छिचोलिएको (ब्रेक थ्रु) घोषणा गर्ने...
पुसमै पाक्यो ‘चैते काफल’
बिहीबार, माघ ३, २०८१
चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ । विगतमा चैतमा मात्रै फल्ने भएकाले चैते काफल भन्ने गरिएकामा अचेल पुष माघमै फल्ने थालेपछि के भन्ने भनेर अन्योलको स्थिति छ ।
अरुणखोलाको जलुकेमा पक्की पुल निर्माण
बिहीबार, माघ ३, २०८१
पाल्पाको निस्दी गाउँपालिका ४ स्थित अरुणखोलाको जलुकेमा निर्माण भएको पक्की पुलले स्थानीयलाई सहज बनाएको छ । लुम्बिनी प्रदेशको निस्दी ४ र गण्डकी प्रदेशअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी यहाँ पुल निर्माण गरिएपछि स्थानीयले वर्षांैदेखि भोग्दै आएको सास्ती अन्त्य भएको छ ।
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
बिहीबार, माघ ३, २०८१
देशका विभिन्न स्थानामा भएका छुुट्टाछुुट्टै सवारी दुुर्घटामा तीन जनाको मृत्युुुभएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुुसार कपिलवस्तु र चितवनका विभिन्न स्थानमा भएका सवारी दुुर्घटनामा तीन जनाको मृत्युु भएको हो ।
गाउँले सहरमा वन्यजन्तु बस्तीमा
बिहीबार, माघ ३, २०८१
बागलुङको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी सहरबजार झर्नेको सङ्ख्या ठूलो छ । सेवासुविधा र अवसरका कारण बसाइँ सर्दा गाउँ रित्तो बन्दै छन् । वनमाराले खेतबारी ढपक्कै ढाकिएका छन् । वरपरका रूखबिरुवा बढेर गाउँ नै छेकिन थालेको छ । युवा शक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्रमा ज्येष्ठ नागरिक मात्रै...


