Shittalpati
रामपुरका तीन सय ८९ योजना सम्पन्न

रामपुर (पाल्पा), रामपुर नगरपालिका पाल्पाले यस आर्थिक वर्षमा ३८९ वटा योजना सम्पन्न गरेको छ । चालु आवमा नगरपालिकाको ४०३ वटा योजना रहेकामध्ये ३८९ वटा योजना सम्पन्न भएको योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिए । 

नौवटा सम्झौता नभएको र पाँचवटा सम्झौता भए पनि काम नभएको योजना शाखा प्रमुख बस्नेतले बताए । ठेक्का प्रक्रिया र उपभोक्तामार्फत हुने योजना समयमै सुरू भई सम्पन्न भएका कारण यस वर्ष योजनाका काम छिटो सम्पन्न भएका हुन् । नगरपालिकाभित्र सञ्चालन हुने योजनाको अनुगमन र ताकेताका कारण पनि धेरै योजना तथा कार्यक्रम सम्पन्न भएको नगरपालिकाले जनाएको छ । नगरवासीको सेवा सहजताका लागि घुम्ती शिविरमार्फत योजना सम्झौता, खाता खोल्ने र भुक्तानीको व्यवस्था गरेको र वडावडामै प्राविधिक कर्मचारीको व्यवस्था गरेका कारण धेरै योजना तथा कार्यक्रम सम्पन्न भएको नगर प्रमुख रमणबहादुर थापाले बताए । योजना कार्यान्वयनका लागि सहजीकरण गरेका कारण पनि ठेक्कामार्फत भएका योजना सहज रूपमा समयमै सम्पन्न भएका छन् । 

प्रकाशित मिति: शनिबार, असार २८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update