भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर
शुक्रबार, चैत ३०, २०८०

लागुऔषधसहित १० कारोबारी पक्राउ
बिहीबार, चैत २९, २०८०
ठूलो परिमाणको लागुऔषधसहित प्रहरीले १० जना कारोबारीलाई पक्राउ परेको छ । अवैध लागुऔषध खैरो हेरोइन एक सय ९४ दशमलव आठ सय ५० ग्राम, नियन्त्रित लागुऔषध पाँच सय तीन एम्पुल एवं मनोनिपक पदार्थ नाइट्रोभेट एक हजार दुई सय ट्याब्लेटसहित उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको लागुऔषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ ।...

आज ‘इदउलफित्र’, सरकारले दियो सार्वजनिक विदा
बिहीबार, चैत २९, २०८०
इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गरी आज ‘इदउत्रफित्र’ मनाउँदै छन । रमदान (रमजान) महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एक–अर्कामा शुभकामना साटासाट गरी यो पर्व मनाउने गर्दछन् ।

लागुऔषधसहित दुई महिला पक्राउ
बुधबार, चैत २८, २०८०
सिनामङ्गलस्थित सुकुम्वासी बस्तीबाट लागुऔषधसहित प्रहरीले दुई महिललाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

भोलि देशभर सार्वजनिक विदा
बुधबार, चैत २८, २०८०
सरकारले भोलि ‘इदउलफित्र’को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । २०७९ चैत २ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार गृह मन्त्रायले सार्वजनिक विदा दिने निर्णय गरेको हो । यो पर्व इस्लाम धर्मावलम्वीहरुको प्रमुख चाड हो ।

निजामती कर्मचारी युनियन पाल्पाको शुभकामना सहित भित्ते पात्रो विमोचन
मंगलबार, चैत २७, २०८०
नेपाल निजामित कर्मचारी युनियन जिल्ला कार्यसमिति पाल्पाले नव वर्षको शुभकामना आदनप्रदान एवं भित्ते पात्रो र टेबल पात्रो २०८१ को विमोचान गरेको छ । कर्मचारी युनियन पाल्पाले एक कार्यक्रमको आयोजना गरी शुभकामना आदान–प्रदान र पात्रो विमोचन कार्यक्रम गरेको हो ।

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
मंगलबार, चैत २७, २०८०
आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर आज बिहान बालकको मृत्यु भएको छ । गल्याङ प्रहरी चौकीका अनुसार गल्याङ नगरपालिका–२ गराङ्दी बस्ने भरत रानाका १४ वर्षीय छोरा युनिक रानाको डुबेर मृत्यु भएको हो ।

आज नीमको पात खाने दिन
मंगलबार, चैत २७, २०८०
आज नीमको पात खाने दिन । नीमलाई तीतो अमृतका रूपमा चिनिन्छ । नयाँ वर्ष सुरु हुन अगावै विगतका वर्षको तितोपनालाई चपाएर आउँदो वर्षको मिठासको पर्खाईलाई नीमको पात खाने चलनले बिम्वका रूपमा बुझाउँछ ।

सडकबाट उद्धार गरिएका वृद्धको मृत्यु
सोमबार, चैत २६, २०८०
सडकबाट उद्धार गरी उपचारका लागि अस्पताल पठाइएका एक वृद्धको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धार्थ राजमार्ग सडक छेउको नालीमा अचेत अवस्थामा भेटिएका वृद्धको उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा सोमबार मृत्यु भएको हो ।

तानसेनका सरसफाइकर्मीसँग खुसी साटेर मनाए भण्डारीले जन्मदिन
आइतबार, चैत २५, २०८०
भण्डारीले आफु तल्लो वर्गका नागरिकसँग खुसीयाली साट्नुपर्छ भन्ने लागेर सरसफाइकर्मीसँग बसेर जन्मदिन मनाएको बताए ।

मैत्री क्लवका नयाँ सदस्यलाई स्वागत
शनिबार, चैत २४, २०८०
तानसेनको सामाजिक क्षेत्रमा क्रियाशिल मैत्री क्लवले आफ्ना नयाँ सदस्यहरुलाई स्वागत गरेको छ । क्लवले तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी क्लवमा आवद्ध हुन आएका १० जना नयाँ सदस्यहरुलाई स्वागत गरेको हो ।

दण्ड र जरीवाना नगर्दा गुणस्तरहिन खाद्यवस्तु विक्री हुने
शुक्रबार, चैत २३, २०८०
दण्ड र जरीवाना नगर्दा गुणस्तरहिन खाद्यवस्तु विक्री हुने गरेको बताइएको छ । घरेलु तथा साना उद्योग कार्यलय पाल्पाको आयोजना र पाल्पा उद्योग वाणिज्य संघको समन्वयमा तानसेनमा भएको उत्पादित वस्तुको गुणस्तर र लेवलिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले दण्ड र जरीवाना नगर्दा गुणस्तरहिन खाद्यवस्तु विक्री हुने गरेको बताएका हुन् ।