Shittalpati
पाल्पाका ३३ जना उम्मेदवारहरुको जमानत जफत

कृष्ण पोखरेल
पाल्पा, पाल्पाका प्रतिनिधिसभा र प्रदेशसभाका ३३ जनाको उम्मेदवारहरुको जमानत जफत भएको छ । १२ जना उम्मेदवारहरुले जमानत र्फिता पाएका छन् । विजेता ६ जना बाहेकका नेपाली काग्रेसका ३ जना, नेकपा एमालेका २ जना, उम्मेदवारले मात्र जमानत जोगाउन सफल भएका छन् । कुल सदरमतको १० प्रतिशत मत ननपाएको उम्मेदवारको जमानत जफत हुने कानुनी प्रावधान रहेको छ ।

पाल्पा क्षेत्र नं. १ को प्रतिनिधिसभा तर्फ ९६ हजार ३३ जना मतदाता रहेकोमा ५८ हजार ३ सय ४ मत खसेको जसमा ५६ हजार ८ सय ३८ मत सदर र १ हजार ४ सय ६६ मत बदर भएको थियो । यो निर्वाचन क्षेत्रमा १० जना उम्मेदवार मध्ये ८ जनाको जमानत जफत भएको छ । जमानत जफत हुनेहरुमा जनता समाजवादीका पार्टीका मेहरमान रानाले ८७ मत, राष्ट्रिय प्रजातन्त्र पार्र्टीका ज्ञानबहादुर सिंजालीले २ सय ५८ मत, मंगोल नेशनल अर्गनाइजेशनका थम्मनबहादुर बुढामगरले २ हजार ४५ मत, राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिंह दर्लामीले १ सय २१ मत, स्वतन्त्र उम्मेदवारहरु विपिन कडेलले २ हजार ८ सय ६३ मत, राजु सुनारले ६८ मत, नारायण न्यौपानेले २७ मत र डोलराज तिमिल्सीनाले १० मत पाएका छन् ।

क्षेत्र नं. १ को प्रदेशसभा १ मा ४९ हजार २ सय ५१ मतदाता रहेकोमा ३१ हजार २ सय ११ मत खसेको जसमा ३० हजार ६ सय ६५ मत सदर र ५ सय ४६ मत बदर भएको थियो । यो निर्वाचन क्षेत्रमा ५ जना उम्मेदवारमध्ये ३ जनाको जमानत जफत भएको छ । मंगोल नेशनल अर्गनाइजेशनका पूर्णबहादुर रुचालले २ सय ६० मत, राष्ट्रिय प्रजातन्त्र पार्र्टीका डुलबहादुर गाहाले ४ सय ३१ मत र राष्ट्रिय जनमुक्ति पार्र्टीका भिमसेन सुनारी मगरले ८० मत पाई जमानत जफत गराएका छन् ।

क्षेत्र नं. १ को प्रदेशसभा २ मा ४६ हजार ७ सय ८२ मतदाता रहेकोमा २७ हजार १ सय ४ मत खसेको जसमा २६ हजार ५ सय ६० मत सदर र ५ सय ४४ मत बदर भएको छ । यो निर्वाचन क्षेत्रमा ५ जना उम्मेदवारमध्ये ३ जनाको जमानत जफत भएको छ । मंगोल नेशनल अर्गनाइजेशनका लालबहादुर दर्लामीले २ हजार १ सय ८६ मत, राष्ट्रिय प्रजातन्त्र पार्र्टीका लक्ष्मणप्रसाद पंगेनीले ३ सय ९९ मत र राष्ट्रिय जनमुक्ति पार्र्टीका टिकबहादुर रानाले १ सय ७४ मत पाई जमानत जफत गराएका छन् ।

पाल्पा क्षेत्र नं. २ प्रतिनिधिसभामा १ लाख ५ हजार २ सय ९३ मतदाता रहेकोमा ६४ हजार ४ मत खसेको जसमा ६२ हजार २ सय ६ मत सदर र १ हजार ७ सय ९८ मत बदर भएको छ । १३ जना उम्मेदवार मध्ये ११ जनाको जमानत जफत भएको छ । जमानत जफत हुनेहरुमा राष्ट्रिय स्वतन्त्र पार्र्टीका सोमप्रसाद गैरेको ५ हजार ३ सय ४९ मत, मंगोल नेशनल अर्गनाइजेशनका मनबहादुर दर्लामीको १ हजार ६ सय ४, राष्ट्रिय जनमुक्ति पार्र्टीका हुमबहादुर थापा मगरको ५ सय १७, स्वतन्त्र उम्मेदवार उपेन्द्रराज गहिरेको ५ सय १३ मत, राष्ट्रिय प्रजातन्त्र पार्र्टी नेपालका खडानन्द गैरेको २ सय १५ मत, जनसमाजवादी पार्टीका देवबहादुर हिस्कीको १ सय १७ मत, जनता समाजवादी पार्र्टीकी दुरपता सोमैको १ सय १२ मत, नेपाल आमा पार्र्टीका ताराबहादुर खत्रीको १ सय २ मत, स्वतन्त्र जिवलाल सुवेदीको ९० मत, नेपाल मजदुर किसान पार्र्टीका शिवसुन्दर धुख्या ३६ मत र स्वतन्त्र केशरबहादुर आले ७ मत पाई जमानत जफत गराएका छन् ।

पाल्पा क्षेत्र नं.२ प्रदेशसभा १ मा ५६ हजार १ सय २० मतदाता रहेकोमा ३४ हजार ५ सय ५९ मत खसेकोमा ३३ हजार ७ सय ११ मत सदर र ८ सय ४८ मत बदर भएको थियो । प्रदेशसभा १ मा ७ जना उम्मेदवार मध्ये ५ जनाको जमानत जफत भएको छ । जमानत जफत हुनेहरुका मंगोल नेशनल अर्गनाइजेशनका लक्ष्मण गाहा १ हजार ५ सय ९७ मत, राष्ट्रिय प्रजातन्त्र पार्र्टीका राजु गैरेले १ हजार ५ सय २० मत, राष्ट्रिय जनमुक्ति पार्र्टीका टेकबहादुर राना मगर ३ सय ५१ मत, जनता समाजवादी पार्र्टीका खिकबहादुर रेश्मी मगर १ सय ६३ मत, नेपाल मजदुर किसान पार्र्टीका माधव अधिकारीेले ७७ मत पाई जमानत जफत गराएका छन् ।

पाल्पा क्षेत्र नं. २ प्रदेशसभा २ मा ४१ हजार १ सय ४३ मतदाता रहेकोमा २९ हजार ४ सय १७ मत खसेकोमा २८ हजार ६ सय ५६ मत सदर र ७ सय ६१ मत बदर भएको छ । यो निर्वाचन क्षेत्रमा ५ जना उम्मेदवार मध्ये ३ जना उम्मेदवारको जमानत जफत भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्र्टीका चक्रपाणी पौडेल ८ सय ९० मत, मंगोल नेशनल अर्गनाइजेशनका शिवबहादुर गाहा ३ सय ७८ मत र राष्ट्रिय जनमुक्ति पार्र्टीका इन्द्रबहादुर अस्लामी ३ सय ४५ मत पाई जमानत जफतमा परेका छन् । निर्वाचन आयोगले उम्मेदवारी मनोनयको क्रममा प्रतिनिधिसभा सदस्यको लागि १० हजार रुपैयाँ र प्रदेशसभा सदस्यको ५ हजार रुपैयाँ शुल्क तोकेको थियो । पाल्पाका प्रतिनिधिसभाका १९ जना र प्रदेशसभाका १४ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । उम्मेदवारहरुको धरौटीबाट मात्र आयोगले २ लाख ६० हजार रुपैया आम्दानी गरेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update