Shittalpati
तिनाउ खोलामा महिला मृत फेला

पाल्पा, तिनाउ खोलामा एक महिला मृत फेला परेकी छन् । जिल्लाको तिनाउ गाउँपालिका–५, स्थित तिनाउ खोलामा सोमबार साँझा अन्दाजी ३५/४० वर्षकी महिला मृत अवस्थामा फेला परेकी हुन् । उनलाई खोलाले बगाई ल्याएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।

मृत फेला परेकी महिलाको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक महिलाको वर्ण काली, उचाई चार फिट नौँ इन्च, कुर्ता सरुवाल लगाएकी, कान मुनी पुरानो काटेको खत रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update