Shittalpati
ब्रिटिस काउन्सिलको इन्टरनेशनल स्कुल अवार्ड पाल्पाको प्यारागनलाई

पाल्पा, पाल्पा प्यारागन इङ्गलिस बोर्डिङ्ग स्कुल तानसेनले ब्रिटिस काउन्सिल अन्तर्गत प्रदान गरिने इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गरेको छ । ब्रिटिस काउन्सिलले २०२०–२०२३ का लागि प्रदान गर्ने इन्टरनेशनल स्कुल अवार्ड पाल्पाको प्यारागनलाई प्रदान गरेको हो ।

स्कुल अवार्डका लागि प्यारागनले परियोजना कार्य सञ्चालन गरेको थियो । उक्त परियोजना कार्यको आधारमा स्कूललाई अवार्ड प्रदान गरिएको प्रिन्सिपल गंगाबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार स्कुलले वर्ष २०१९–२०२० को ब्रिटिस काउन्सिल अन्तर्गत स्कूल अवार्डको लागि परियोजना कार्य (प्रोजेक्ट वर्क) सञ्चालन गरेको थियो ।

यस अघि वर्ष २०१७–२०१८ का लागि काम गरे बापत फाउन्डेशन अवार्ड प्राप्त गर्न सफल भएको स्कुलले अहिले इन्टरनेश्नल स्कुल अवार्ड २०२०–२०२३ प्राप्त गरेको प्रिन्सिपल खत्रीले बताए । यस अवार्डका लागि कक्षा नर्सरीदेखि दश कक्षा सम्मका विद्यार्थीले विभिन्न विषयमा कार्य सम्पादन गरेका थिए । उक्त पुस्कार एक वैश्विक मान्यता प्राप्त योजना हो ।

सफल स्कुलहरू तीन वर्षको लागि मान्यता प्राप्त रहने छन् । आईएसएले स्कुलको सहयोगलाई अन्तर्राष्ट्रिय मान्यता दिनुको साथै स्कुलहरूलाई मान्यता दिनको लागि एक रूपरेखा प्रदान गर्न सहयोग पुग्ने देखिन्छ । अवार्ड प्राप्त गर्नुको मुख्य उद्देश्य स्थायी सम्बन्ध निर्माण गर्न र विकास गर्नको लागि साझेदारहरूसँगको अन्तर्राष्ट्रिय कार्य र सहयोग बेंचमार्क उत्तम अभ्यास, शिक्षण र सिकाईमा व्यवसायिक विकास साझा दुबैलाई विश्व अर्थतन्त्र र वैश्विक नागरिकतामा संलग्न गराउनु हो । प्यारागनका विद्यार्थीहरुले परियोजना कार्य अन्तर्गत समुदायसँग मिलेर विभिन्न गतिविधिहरु गरेका थिए ।

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update