Shittalpati
पाल्पा काँग्रेसद्वारा मन्त्री रानालाई सम्मान

पाल्पा, नेपाली काँग्रेस पाल्पाले लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर रानालाई सम्म्मान गरेको छ । आज एक औपचारिक कार्यक्रमको आयोजना गरी काँग्रेसले नवनियुक्त मन्त्री रानालाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा काँग्रेस नेता, भातृसंस्था, शुभेच्छुक संस्थाहरुले मन्त्री रानालाई भव्य सम्मान गरेका थिए । सम्म्मान कार्यक्रममा प्रतिनिधि सभा सदस्य मोहन प्रसाद पाण्डेले नवनियुक्त मन्त्री रानालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै जनताको मन जित्ने गरी काम गर्न अनुरोध गरे । उनले पाल्पालीले उर्जावान मन्त्री पाएको प्रति गर्भ गर्दै मन्त्रीको अवसर सँगै चुनौती रहेको पनि बताए । मन्त्री रानाले जनताको भावनालाई आत्मसाथ गरी काम गर्ने बताए । उनले अवसरसँगै आफुलाई जिम्मेवारी थपिएको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व केन्दीय सदस्य राजन पन्तले नेपाली काँग्रेस र आमजनताले एक उर्जावान मन्त्री पाएको बताए । पार्टी उपसभापति देवराज ढकालको अध्यक्षता, सचिव झपेन्द गहिरेको स्वागत, अर्को सचिव अजयमान कार्मचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update