Shittalpati
फोन पाठशालाको उपलब्धी र योजनाका विषयमा छलफल

पाल्पा, फोन पाठशालाको उपलब्धी र योजनाका विषयमा छलफल गरिएको छ । जिल्लामा सञ्चालित रुम टु रिडको सहयोग र बेस नेपालको व्यवस्थापन तथा स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित साक्षरता कार्यक्रम अन्तर्गत फोन प्रयोगशालाको उपलब्धी र योजनाका विषयमा जिल्लाका प्राथमिकतहका शिक्षकहरु बीचको अन्तर सञ्जाल अनलाईनमार्फत छलफल भएको हो ।

छलफलमा कोरोना माहारीका कारण विद्यालय बन्द भएपछि विद्यार्थीहरुको सिकाइमा आएको समस्या र विद्यालयले सञ्चालन गरेका गतिविधि साथै बैकल्पिक सिकाइ सहजीकरण अन्र्तगत फोन पाठशालाको प्रभावकारिता र आगामी योजनाका विषयमा छलफल भएको थियो । छलफलमा वैकल्पिक सिकाइ अन्र्तगत फोन पाठशालाले विद्यालय बन्द भएको अवस्थामा विद्यार्थीहरुको सिकाइ क्षतिलाई जोगाएको छलफलमा सहभागी शिक्षकहरुले बताएका थिए । फोन पाठशालाले शिक्षकलाई अभिभावकसँग प्रत्यक्ष जोडेको र नजिक बनाएको जसले गर्दा विद्यार्थीहरुको सिकाई राम्रो भएको सहभागी शिक्षकहरुले बताए ।

छलफलमा पद्म पब्लिक माध्यमिक विद्यालयका शिक्षिका इन्दिरा ज्ञवालीले फोन पाठशाला बन्दाबन्दीको समयमा अन्यन्तै प्रभावकारी रहेको बताईन । फोन पाठशालाले विद्यार्थी र शिक्षकहरुको दुरीलाई कम गरेको उनको भनाई छ । अर्का शिक्षक कौशिला सारुले फोन पाठशाला जिल्लाका ग्रामीण भेगमा इन्टरनेट, टेलिभिजन भन्दा सरल र सहजभएको बताईन् । उनले प्रत्यक्ष अभिभावक र विद्यार्थीसम्म पुग्न फोन पाठशालाले प्रभावकारी भूमिका खेलेको बताईन् । फोन पाठशालाबाट विद्यार्थीहरुलाई सहजीकरण गर्दा अभिभावक पनि खुसी भएको र अभिभावकहरुले पनि सिकाउन पाउँदा विद्यार्थीहरुको सिकाईमा सुधार आएको शिक्षिका सारुले बताइन् ।

छलफलमा ससहजीकरण गर्दै रुम टु रिड नेपालका साक्षरता कार्यक्रम अधिकृत ओम कुमार श्रेष्ठले जिल्लामा फोन पाठशाला वैकल्पिक सिकाइको प्रभावकारी माध्यम सावित भएको बताए । विद्यार्थीहरुको सिकाइलाई शून्य हुन नदिन रुम टु रिड नेपाल र बेस नेपालले जिल्लामा विभिन्न वैकल्पिक सिकाइ कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । वैकल्पिक सिकाइ कार्यक्रम अन्तर्गत फोन पाठशाला,डिजिटल पुस्तकालय,रेडियो कार्यक्रम,संक्रमणकम भएका स्थानमा पुस्तकालयबाट पुस्तक वितरण गर्ने जस्ता क्रियाकलापहरु सञ्चालन गरेको बताए । जस मध्ये फोन पाठशाला प्रभावकारी र उपलब्धिमूलक भएको श्रेष्ठको भनाई छ । विद्यालय खुल्ने अवस्था नआएसम्म अझ प्रभावकारी बनाएर निरन्तरता दिन अनुरोध गरे । दुई दिनसम्म चलेको अन्तर सञ्जाल छलफलमा फोन पाठशालाबाट प्राप्त उपलब्धिका बारेमा छलफल र समीक्षा भएको थियो । जिल्लाका ३६ जना शिक्षकहरुको सहभागीता रहेको थियो । छलफल बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेले उद्घाटन गरेका थिए भने साक्षरता कार्यक्रमका संयोजक भूपाल आलेको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update