Shittalpati
पोखरादर–लामेदमार सडकको उद्घाटन

पाल्पा, जिल्लाको निस्दी गाउँपालिका –४ मित्यालको पोखरादर –लामेदमार सडकको उद्घाटन गरिएको छ । सडकको एक औपचारिक कार्यक्रमका बिच पूर्व भूमि व्यवस्था मन्त्री तथा संघीय सांसद दलबहादुर रानाले उद्घाटन गरेका हुन् । सडकको उद्घाटन गर्दै पूर्व मन्त्री रानाले सडकको विकास नै स्थानीय तहको विकास भएको बताएका छन् । उनले ग्रामीण क्षेत्रलाई सडक सञ्जालले जोडेपछि स्थानीय कृषि उत्पादनको बजारीकरणमा कुनै पनि समस्या नहुने धारणा व्यक्त गरे । सांसद् रानाले भने ‘आन्तरिक पर्यटन र स्थानीय उत्पादनबाट निस्दीको विकास र आत्मनिर्भर रहन सक्ने छ ।’ उनले निस्दीको विकासका लागि आफु संधै सक्रिय रहँदै आएको बताए ।

यहाँको ३ किलोमिटर सडक निर्माण गर्न निस्दी गाउँपालिकाले २० लाख रकम विनियोजित गरेको थियो । मोटरबाटो निर्माण भएपछि यस क्षेत्रका स्थानीयलाई अरुणखोला बजार जान र विभिन्न सामग्री ढुवानी गर्न सजिलो हुने विश्वास व्यक्त गरिएको छ । सडक सुविधान नहुँदा यहाँ उत्पादित कृषिजन्यवस्तुहरु बाहिर पठाउन असहज भएका बेला सडक निर्माणले आफुहरुलाई निकै उत्साहित बनाएको स्थानीयहरुको भनाई छ । उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु, उपाध्यक्ष रिता कुमारी अर्याल, नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर १ पाल्पाका संयोजक बुद्धिराज गौतम, नेकपा एमाले पाल्पा जिल्ला सदस्य देवीलाल लामिछाने लगायतले सडक निर्माणसँगै यहाँको विकासले गति लिएको बताए । उनीहरुले सडकको भरपुर प्रयोग गरि व्यवसायिक रुपमा लाग्न स्थानीयलाई आग्रह गरे । उपभोक्त समितिका अध्यक्ष दल प्रसाद ठाडाको अध्यक्षता, वडा सदस्य मन प्रसाद सोतीको स्वागतमा उद्घाटन कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update