Shittalpati
चितुवाको छालासहित ४ जना पक्राउ

बुटवल । चितुवाको छालासहित ४ जना पक्राउ परेका छन् । बुटवल प्रहरीले बुटवल ९ स्थित एक रेष्टुरेण्टबाट चितुवाको छालासहित ४ जना पक्राउ गरेको हो ।

प्रहरीले बुटवल ७ का ३० वर्षीय विष्णुप्रसाद भट्टराई, गुल्मीको दरबार गाउँपालिका–४ का २२ वर्षीय विमल मगर, २४ वर्षीय सञ्जिव पेमी र १८ वर्षीय विशाल रानामगरलाई पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट प्रहरीले ६ फिट लम्बाई र १ फिट ३ ईन्च चौडाईको एकथान चितुवाको छाला समेत बरामद गरेको छ । उनीहरुलाई जिल्ला वन कार्यालय रुपन्देही बुझाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update