Shittalpati
लागुपदार्थ दुव्यर्सनी सम्बन्धी सचेतनामूलक र्‍याली

पाल्पा, तानसेनमा लागुपदार्थ दुव्यर्सनी सम्बन्धी सचेतनामूलक र्‍याली निकालिएको छ । तानसेनमा रहेको पाल्पा प्यारागन ईङ्गलिस बोडिङ्ग· स्कूल र पद्य पब्लिक नमूना माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरुले लागुपदार्थ सम्बन्धी सचेतनामूलक र्‍याली निकालेका हुन । विद्यार्थीहरुले सोमबार लागुपदार्थ सम्बन्धी लेखिएका सचेतनामूलक पम्लेटहरु लिएर तानसेन परिक्रममा गरेका थिए ।

विद्यार्थीहरुले मध्यपान, धुम्रपान नगरौं, लागु दुव्र्यसनीबाट टाढै रहौं भन्ने सचेतना जगाएका थिए । साथै उनीहरुले भगवतीटोलमा लागु दुव्र्यसनी सम्बन्धी गीति नाटक समेत प्रस्तुत गरे । कक्षा ६ मा रहेको स्वास्थ्य विषयको पाठ्यक्रममा आधारित रहेर विद्यार्थीहरुले सचेतनामूलक कार्यक्रम गरेको पाल्पा प्यारागन ईङ्गलिस बोर्डिङ्ग स्कूलका प्रिन्सिपल गगांबहादुर खत्रीले बताए । उनले भने ‘यो इन्टरनेश्नल स्कूल अर्वाड अन्तर्गतको पब्लिक प्राईभेट पार्टनरसिप परियोजना अन्तर्गतको कार्यक्रम हो ।’ योजना अन्तर्गत विद्यालयहरुले विभिन्न समयमा विद्यार्थीहरुलाई सामाजिक कार्यमा सहभागिता गराउँदै आएका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update