Shittalpati
प्रभु बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका ७ मैनादीमा रहेको प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई प्रभु बैंकले न्यानो कपडा वितरण गरेको छ । बैंकले विद्यालयका दुई सय विद्यार्थीहरुलाई न्यानो कपडा (ट्रयाकसुट ज्याकेट) वितरण गरेको हो । प्रभु बैंकले आफ्ना ग्राहकलाई गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउनुका साथै अतिरिक्त सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग गर्दै आएको प्रभु बैंकका प्रदेश प्रमुख प्रादेशिक व्यापार अधिकृत सुनिल रानाले बताए ।

उनी भन्छन्, ‘ब्रान्च अफिस, एक्सटेन्सन काउन्टर, ब्रान्चलेस बैंकिङ्ग’, एटिएम, घुम्ती सेवा तथा अनलाईन पेमेन्ट मार्फत् सर्वसाधारणलाई बैंकिङ पहुँच पुर्‍याएका छौं । यसले मानिसहरुको जीवनस्तर एवं आर्थिक क्रियाकलाप उपार्जनको लागि सहयोग बनेको छ ।’ प्रभु बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर, छात्रवृत्ति, दैविप्रकोट पीडितलाई आर्थिक सहयोग तथा राहत वितरण गरिँदै आएको प्रादेशिक प्रमुख रानाले बताए । प्रभात माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुलबहादुर कुँवरले न्यानो कपडा प्राप्त गरेपछि विद्यार्थीहरुले जाडो समयमा पनि कष्टका साथ अध्ययन गर्न आउनुपर्ने बाध्यतामा कमी आउने बताए ।

‘नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिवी नेपालले बैंकहरुलाई सामाजिक उत्तरदायित्वक पूरा गर्न लगाए बमोजिम विद्यालयमा धेरै सहयोग प्राप्त भएको अध्यक्ष कुँवरले बताए । उनले भने– ‘ग्रामीण भेगमा दुःखकष्टका साथ पढ्ने र उत्कृष्ठ नतिजा ल्याउने विद्यालय छन् । विद्यार्थीहरुमा सुविधाको कमी छ ।’ बैंकहरुले अब शहरमा मात्र केन्द्रित जनतामूखी भएर काम गर्नुपर्ने अध्यक्ष कुँवरले बताए । विद्यालयका प्रधानाध्यापक जनक आचार्यले बढ्दो बसाईसराई, घट्दो जनसंख्या, रोजगारीको कमीका कारण विद्यालयमा विद्यार्थीहरु घट्दै गएको बताए । प्रभु बैंकका पाल्पा शाखा प्रबन्धक गणेश कंडेलले संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्न गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई न्यानो कपडा (ट्रयाकसुट ज्याकेट) वितरण गरिएको बताए ।

प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update