Shittalpati
रहेनन् काँग्रेसका नेता तथा सामाजिक व्यक्तित्व शाक्य

रामचन्द्र रायमाझी
पाल्पा । नेपाली काँग्रेस पाल्पाका नेता तथा सामाजिक व्यक्तित्व चकोरमान शाक्यको निधन भएको छ । उनको उपचारका क्रममा ७७ वर्षको उमेरमा शनिबार निधन भएको हो । तानसेन नगरपालिका–३, टक्सार निवासी शाक्यको क्यान्सर रोगको उपचारको क्रममा काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली काँग्रेसका नेता तथा राजनितिज्ञ व्यक्तित्व पूर्णमान शाक्यका सुपुत्र चकोरमान बुबाकै प्रेरणबाट नेपाली काँग्रेसको राजनीतिमा क्रियाशिल रहँदैका थिए । उनले जिल्लाको राजनीतिसँगसगै सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । शाक्य २०४३ सालमा नेपाली काँग्रेसको तर्फबाट तानसेन नगरको प्रधानपञ्चको उम्मेदवार बनेका थिए । उनले पञ्चायत विरोधी आन्दोलनमा काँग्रेसको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । २०५० सालमा नेपाली काँग्रेस तानसेन नगरको नगर सभापति बनेका शाक्य पार्टीमा इमान्दार र क्रियाशलि रहेकै कारण २०७२ सम्म निरन्तर नगर सभापतिको पदमा रहेर नेतृत्व गर्दै आए । उनले जिल्लाका उद्योगी तथा व्यपारीहरुको हितमा महत्वपूर्ण काम गरेका छन् ।

शाक्य २०४५ मा पाल्पा उद्योगा वाणिज्य संघको अध्यक्ष हुँदै केन्द्रिय सदस्य समेत बने । लोकतन्त्र र गणतन्त्र स्थापनाको आन्दोलनमा स्व. शाक्यले पु‍¥याएको योगदानको स्मरण गर्दै उनको निधनबाट सिंङ्गो पार्टीलाई अपुरणीय क्षति पुगेको नेपाली काँग्रेस पाल्पाका सभापति तथा प्रदेश सांसद वीर बहादुर रानाले बताए । उनले भने‘ अत्यन्त इमान्दार, निष्ठवान, क्रियाशिल व्यक्तित्वको निधनले अत्यन्त दुखी बनाएको छ ।’ स्व.शाक्यले तानसेन खानेपानी उपभोक्ता समितिका सभापति,लायन्स लाकौल आँखा अस्पतालका अध्यक्ष लगायतका संघसंस्थामा समेत नेतृत्वदायी भूमिका खेल्दै आएका थिए । जिल्लाको सामाजिक शैक्षिक, धार्मिक क्षेत्रमा शाक्यको महत्वपूर्ण योगदान रहेको काँग्रेसका नेता तथा स्थानीय राजेन्द्र गोपाल सिंले बताए । उनले भने ‘पञ्चायती विरोधी आन्दोलन देखि संगठन विस्तार र सामाजिक क्षेत्रमा शाक्यको योगदान अविस्मरणीय रहेको छ ।’ उनको पार्थिव शरीरलाई शनिबार बेलुकीसम्म तानसेन ल्याउने र आइतबार शोक सभा गरिने छ । उनका श्रमिती, बुहारी र दुई नातिनीहरु रहेका छन् । उनको मृत्युले जिल्ला नै शोकमा रहको छ । जिल्लाका विभिन्न व्यक्तित्वहरुले शाक्यको योगदानको स्मरण गर्दै सामाजिक सञ्जालमा दुख व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  ०१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update