Shittalpati
पाल्पाको छहरामा हुने रायमाझी कूलपुजाको तयारी तिव्र

पाल्पा, पाल्पाको छहरामा हुने रायमाझी बन्धुहरुको कूल पूजाको तयारी तिव्र पारिएको छ । देशभरका रायमाझीहरुको उद्गमस्थलको रुपमा रहेको छहरामा हरेक पाँच/पाँच वर्षमा ऐतिहासिक कूल पूजा हुुने गर्दछ । यस पटकको कूल पूजा आगामी बैशाख २७ गते हुन लागेको छ । देशभर छरिएर रहेका रायमाझी बन्धुहरुको मिलन उत्सवका रुपमा हेरिने कूल पूजाको तयारी तिव्र पारिएको हो ।

हरेक जातजातिहरुले आ–आफ्नै विधि र प्रक्रिया अनुरुप कूलको पूजा गर्ने गर्छन् । आफ्नो पूूर्खालाई सम्झिने र सम्मान व्यक्त गर्न कूूल पूजा गर्ने गरिन्छ । सोही अनुुरुप देशभरका रायमाझीहरुले कूूल पूजा गर्दै आएका छन् । अन्य जातिहरुको कूल पूूजा भन्दा रायमाझीहरुको कूल पूजालाई विशेष किसिमले हेर्ने गरिएको छ । यहाँ देशभरका रायमाझी बन्धुहरुको उपस्थितीमा पूूजा गरिने भएकाले पनि उनीहरुको पूजालाई मिलन उत्सवका रुपमा समेत लिने गरिएको हो ।

रायमाझीहरुको कूूल पूजाका दिन तानसेनदेखि नै छहरासम्म भिडभाड हुने गर्दछ । लाखौको संख्यामा मानिसहरु कूूल पूजामा पुुग्ने भएकाले यहाँको व्यवस्थापनमा ठूलै सकस हुने गर्दछ । यस दिन सहज रुपमा पाहुुनाहरुलाई स्वागत गर्न र पूजालाई व्यवस्थित बनाउन यहाँका रायमाझी बन्धुुहरुले अहिलेदेखिनै तयारीलाई तिव्र पारेका हुन् । पूजालाई व्यवस्थित र मर्यादित बनाउन विभिन्न समितिहरु निर्माण गरी काम अगाडि बढाइएको रायमाझी कुल देवता समिति पाल्पाका अध्यक्ष झलक बहादुर रायमाझीले बताए । समितिले छहराका वडा अध्यक्ष गोविन्द रायमाझीको संयोजकत्वमा आवास तथा अतिथि सत्कार उपसमिति, समितिका जिल्ला उपाध्यक्ष कमल रायमाझीको संयोजकत्वमा आर्थिक उपसमिति र नारायण रायमाझीको संयोजकत्वमा गवौरो ब्यावस्थापनको जिम्मेवारी तोकिएको अध्यक्ष रायमाझीले बताए । छहरामा बसेको जिल्ला समितिको बैंठकले उनीहरुलाई जिम्मेवारी प्रदान गरेको हो । बैंठकमा रायमाझी कुलदेवता समितिका केन्द्रीय सदस्य यादवबहादुर रायमाझी, विष्णु रायमाझी, टोपबहादुर रायमाझी, बुटवल नगर समितिका अध्यक्ष दिपक रायमाझी लगायतका रायमाझी बन्धुहरुको उपस्थित रहेको थियो । अहिले यहाँ मन्दिरदेखि पुजा गर्ने मौलो र वन क्षेत्रको सरसरफाईको काम भइरहेको पत्रकार भुुवन रायमाझीले बताए ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update