‘सिँचाइ विना कृषि असम्भव’
बिहीबार, फागुन १२, २०७८

किसानलाई अनुदानमा बङ्गुरका पाठापाठी
सोमबार, फागुन ९, २०७८
स्याङ्जाको गल्याङ नगरपालिकाले एक हजार ७ सय बङ्गुरका पाठापाठी वितरण गरेको छ । नगरपालिकाको ५० प्रतिशत
र किसानको ५० प्रतिशत लागत सहभागितामा कल्लेरी कृषि सहकारी संस्थामार्फत बङ्गुरको पाठापाठी वितरण गरिएको हो ।

लुम्बिनी प्रदेश सरकार खोरेत रोग उन्मूलन अभियानमा
शनिबार, फागुन ७, २०७८
लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्र खोरेत रोग उन्मूलन अभियान सञ्चालन कार्यक्रम शुरु गरेको छ । प्रदेशभित्रका १० वटा जिल्लाहरुलाई केन्द्रित गरेर लुम्बिनी प्रदेश कृषि खाद्यप्रविधि तथा भुूमि व्यवस्था मन्त्रालयले पशुहरुको तथ्याड्ढ संकलनदेखि खोरेत रोग विरुद्धको भ्याक्सिन तथा डाटा संकलन अभियान चलाएको छ ।

कफीमा सिन्दुरे रोग : पाल्पाका किसान चिन्तित
सोमबार, माघ २४, २०७८
पाल्पामा कफी खेतीमा सेतो गबारो र सिन्दुरे रोग देखिन थालेको छ । ती रोगले कफीका बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् । कफी व्यवसायी संघ पाल्पाका संयोजक कमलराज खनालले यसवर्ष कफीका बोटमा सिन्दुरे र गबारो रोग देखिएकाले यसका बोट सुकेर जान थालेको बताए ।

गाउँ फर्किएर गाईपालनमा युवा
शनिबार, माघ २२, २०७८
‘वनको चरी वनमै रमाउँछ’ भनेझैं स्याङ्जा गल्याङ ९ गेझाका कुसुम भण्डारी राजधानीबाट गाउँमै फर्केर गाईपालन व्यवसाय गर्न थाले । गीत संगीतका क्षेत्रमा संघर्ष गरेर निखारता आउँदै गर्दा काठमाडौँको बसाई छोट्याएर गाउँमै गाईपालन गर्ने र त्योसँगै गीत संगीत अगाडि बढाउने गरी २०७० सालमा गेझा गाउँ फर्किए ।

पशुमा फैलिएका खोरेत रोग नियन्त्रणमा
शनिबार, माघ १५, २०७८
पाल्पाको निस्दी गाउँपालिका–२ स्थित सुकेकोटमा पशुमा फैलिएको खोरेत रोग नियन्त्रणमा आएको छ । गाउँका करिब ३०० गाई, भैसी, बंगुर, बाख्रामा खोरेत रोग फैलिएको थियो ।

रेसुङ्गा नगरपालिकामा कृषकलाई त्रिपाल र कर्नी वितरण
सोमबार, माघ १०, २०७८
जिल्लाको रेसुङ्गा नगरपालिकामा कृषकहरुलाई त्रिपाल तथा कर्नी वितरण गरिएको छ । रेसुङ्गा नगरपालिका वडाकार्यालय १ ले आइतबार २५ जना कृषकहरुलाई त्रिपाल तथा कर्नी वितरण गरेको हो ।

५७ करोडको सुन्तला विक्री
शुक्रबार, माघ ७, २०७८
सुन्तलाको स्वाद र उत्पादनका दृष्टिले छुट्टै पहिचान बनाएको स्याङ्जामा यसवर्ष ५७ करोड ९ लाख मूल्य बराबरको सुन्तला विक्री भएको छ । गत वर्षको तुलनामा सुन्तला उत्पादनमा कमी आएको भएपनि बजार मूल्य राम्रो पाएकाले सो मूल्य बराबरका सुन्ताला विक्री भएको हो ।
.jpg)
पाल्पामा लोप हुँदै रैथाने अन्नबाली
मंगलबार, माघ ४, २०७८
रैथाने अन्नबाली उत्पादनमा किसानको जागर छैन । मेहनत अनुसारको फल नआएपछि किसान बढी उत्पादन दिने अन्नबाली तथा तरकारी खेतीमा आकर्षित भएका छन् । बढी उब्जनी हुने अन्नबाली तथा तरकारी खेतीमा चासो बढेपछि पाल्पा लगायत पहाडी जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएका छन् ।

किसानलाई आर्थिक रुपमा सबल बनाउन कृषि : अध्यक्ष थापा
बुधबार, पुस २८, २०७८
जिल्ल्लाको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापा मगरले गाउँपालिका भित्रका किसानहरुलाई आर्थिक रुपमा सक्षम र सबल बनाउन कृषिलाई प्राथमिकता दिइएको बताएका छन् ।

स्याङ्जामा ६७ हजार मेट्रिक टन धान उत्पादन
शुक्रबार, पुस २३, २०७८
स्याङ्जामा यसवर्ष झण्डै ६७ हजार मेट्रिक टन धान उत्पादन भएको छ । जिल्लामा वर्षे धान ६२ हजार २ सय ७१ र चैते (हिउँदे) धान चार हजार ४ सय ६४ गरी कूल ६६ हजार ७ सय ३५ मेट्रिक टन धान उत्पादन भएको हो । स्याङ्जामा यसवर्ष १६ हजार ८ सय ३०...

ग्रामीण क्षेत्रका महिला कृषि र पशुपालन व्यवसायमा आत्मनिर्भर
बुधबार, पुस १४, २०७८
यहाँका ग्रामीण क्षेत्रका महिला पछिल्ला वर्षमा आत्मनिर्भर बन्न थालेका छन् । ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिला कृषि तथा पशुपालनका क्षेत्रमा लागेपछि आत्मनिर्भर हुन थालेका हुन् । परिश्रमी महिला स्वदेशमा नै कर्म गरी प्रशस्त आम्दानी गरिरहेका छन् ।