Shittalpati
पाल्पाका किसान खेतीपातीमै व्यस्त, भन्छन्,‘कोरोनाबारे छैन सोच्ने फुर्सद’

रामचन्द्र रायमाझी/कृष्ण पोखरेल
पाल्पा, देशव्यापी नै कोभिड १९ को संक्रमणले आक्रन्त बने पनि गाउँका किसानहरू भने आफ्नो खेतीपातीमा व्यस्त छन् । रोगभन्दा भोक छाक टार्ने किसानहरू यतिबेला खेतीपाती, मेलापातको चटारोमा छन् ।
रैनादेवी छहरा गाउँपालिका ४ का नेत्रबहादुर बुढाथोकी वर्खे खेतीपातीमै व्यस्त छन्  । बारीमा मकै तथा अन्य वर्षे तरकारी लगाउन परिवारसँगै उनी व्यस्त छन् । गहँु जौ भित्र्याउदै, मकै छर्न उनको परिवार अहिले व्यस्त छ । खेतीपातीमा बूढाथोकीको परिवार मात्र होइन, त्यस क्षेत्रका अधिकांश किसान बारीमा मल फाल्ने, मकै छर्ने, डल्ला फोर्न काम मै व्यस्त छन् । यहाँका कृषकहरु यति बेला परिवारका सबै सदस्यहरु जुटेर खेतपाती लगाउन र भित्र्याउने काममै तल्लिन छन् । भुवनपोखरीका कृषक भुपाल सिंह खाँम्चा मगरको परिवार पनि बारीमै भेटियो । गहुँ भित्र्याउने चटारोले उनको परिवारलाई अरु काम गर्ने तथा कुरा गर्ने फुर्सद छैन । बारीको गहुँ काट्ने र गेडा झार्ने तथा मकै लगाउनका लागि मल बोक्ने काम एकै पटक शुरु भएको छ । खाँम्चा र बुढाथोकीको परिवार मात्रै होइन, जिल्लाका अधिकांश किसानको दैनिकी यसरी नै बितिरहेको छ । बाली भित्र्याउने र बाली लगाउने सिजनमा किसान छन् ।
गहुँ लगायतको हिउँदे बाली भित्र्याई रहेका छन् भने वर्षे बाली मकै र अरु बाली लगाइरहेका छन् । विश्वमा फैलिएको कोरोना भाइरसबारे सोच्नसम्म नभ्याइएको यहाँका किसानहरु बताउँछन् । ‘हामी दिनरात काममा व्यस्त छौं,’ खाँम्चाले भने, ‘कोरोनाबारे हल्ला भए पनि घरबारी भन्दा बाहिर गएका छैनौं यसैले त्यतापट्टि हाम्रो ध्यान गएकै छैन ।’ कोरोनाका समाचरहरु सुनिरहे पनि गाउँघरमा खेतपतीकै कामको चटारो भएकाले सामान्य जस्तै रहेको खाम्चाको भनाई छ । बेला बेलामा जनप्रतिनिधिहरु आएर कोरोनाबाट बच्न घर बाहिर नजान भनेकाले पनि आफुहरु बारीमा काम गरिरहेको उनले बताए । रिब्दीकोटका मनोज पोखरेल पनि बारीमै व्यस्त छन् ।
जिल्लामा निषेधाज्ञा भए पनि खेतबारीमा कामको चटारो रहेको उनले बताए । पोखरेलले भने,‘सबै आ–आफ्नै बारीमा छौं यो समय मुरी भित्र्याउने र मानो रोप्ने बेला हो ।’ काममा व्यस्त हुने भएकाले पनि कोरोना महामारीको विषयमा हाम्रो खासै ध्यान नै नजाने उनले बताए ।
पाल्पा लगायत अधिकांस जिल्लाहरुमा निषेधाज्ञा छ, विद्यालयहरु बन्द छन्, अत्यावश्यक बाहेका सवारी सधानहरु सञ्चालन भएका छैन । निषेधाज्ञा जारी रहँदा पाल्पाको सहरी क्षेत्र सुनसान भएपनि ग्रामिण भेगमा भने कृषकहरु खेतीपातीमै व्यस्तछन् । कोरोना भाईरस सक्रमणको कारण अधिकाश उद्योगधन्दा, कलकारखाना ठप्प भएपछी युवाहरु गाउँघरमा फर्की खेतीपातीमा जुटेका छन् । पाल्पाका कृषकहरु यतिबेला खेतबारीमा गहँु जौ भित्र्याउँदै, मकै छर्न व्यस्त भएका छन् । पाल्पामा यतिबेला कृषकहरु परिवारका सबै सदस्यहरु जुटेर खेतबारीमा मल फालिरहेका छन् त कतै बर्खे बाली मकै लगाउने, डल्ला फोर्न मै व्यस्त देखिएका छन् ।
पाल्पा लगायत छिमेकी जिल्लामा यही वैशाख १६ गतेदेखी निषेधाज्ञा जारी हुँदा अधिकाशं उद्योगधन्दा कलकारखाना बन्द भएपछि रोजगारीमा रहेका अधिकाशं व्यक्तिहरु गाउँ घर फर्किएका छन् । यस वर्ष लामो समयदेखी पानी परेको थिएन । मौसम सुख्खा भएको थियो । एकातिर कोरोना सक्रमणको कारण सहर बजारमा निषेधाज्ञा जारी भयो, अर्काे तिर पानी प¥यो जसका कारण गाउँघरका किसानहरु खेतीपातीमा जुटेका हुन् । कोरोना भाइरसको भारत भेरियन्ट नेपालमा पनि फैलिएपछी नेपाल तथा भारतमा काम गर्र्ने अधिकाश व्यक्तिहरु आ–आफ्नो गाउँघर फर्किएका छन् । कोरोना भाइरसको बढ्दो सक्रमणका कारण अधिकाश व्यक्तिहरुको रोजगारी गुमेपछी युवाहरु गाउँ घरमै फर्की कृषि कर्ममा लागेका छन् । गत बर्ष देखी युवाहरु आफ्नै गाउँ घरमा फर्कि बर्षाै देखी बाँझिदै गएका खेतबारीमा कृषि कर्म गर्न थालेका छन् । पाल्पामा गत बर्ष एक रोपनी बाझो जमिनमा खेतीपाती गर्ने कृषकहरुलाई पालिकाले प्रति रोपनी पाँच हजारसम्म अनुदान दिएकोमा यस बर्ष पनि अनुदानमा निरन्तरता दिने जनाएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update