सुष्मालाई बक्सिङमा रजत पदक
राजनीति
काँग्रेस सबै भन्दा बढी स्थानमा विजयी, समानुपातिकमा भने एमाले अगाडि

हाम्रा संवाददाता
पाल्पा, प्रतिनिधि सभाको प्रत्यक्षतर्फका एक सय ६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म एक सय ४५ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ काँग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छन् । यो समाचार तयार पार्दासम्म नेपाली काँग्रेस ५१ स्थानमा विजयी भएको छ । नेकपा कम्युुनिष्ट पार्टी एमाले ३८, नेकपा माओवादी केन्द्र १६, नेकपा एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ६, जनता समाजवादी पार्टी नेपाल ५, स्वतन्त्र उम्मेदवार ५, लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी एक/एक स्थानमा विजयी भएका छन् ।
आयोगका अनुसार जारी मतगणनामा काँग्रेस, एमाले ४/४, माओवादी केन्द्र २, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी एक/एक स्थानमा अगाडि छन् । दोलखा, स्याङ्जा र बाजुराका तीन क्षेत्रमा भने अझै पनि मतगणना हुन सकेको छैन । यस्तै प्रदेश सभाको प्रत्यक्षतर्फ काँग्रेस १ सय २, एमाले ८३, माओवादी केन्द्र ५२, एकीकृत समाजवादी १३, स्वतन्त्र १२, राष्ट्रिय प्रजातन्त्र पार्टी ११, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी ९/९, जनमत पार्टी ७, नागरिक उन्मुक्ति ५ स्थानमा विजयी भएका छन् । यस्तै काँग्रेस ५, एमाले ६, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी १/१ स्थानमा अगाडि छन् । प्रदेशसभामा प्रत्यक्षफर्त कूल तीन सय ३० सिट छ भने समानुपातिक तर्फ दुई सय २० सिट छ । २०७४ को निर्वाचनमा प्रदेशसभातर्फ एमाले १ सय ६७ सिट सहित सबैभन्दा ठूलो दल थियो । त्यसबेला काँग्रेसले ४१ सिट मात्रै ल्याएको थियो ।
यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले २१ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले शनिबार साँझासम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले २१ लाख ६ सय २८ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली काँंग्रेसले २० लाख २३ हजार ५ सय ९८ मत प्राप्त गरेको छ । नेकपा (माओवादी केन्द्र) ले ८ लाख ९४ हजार ८ सय २५ मत प्राप्त गरेको छ ।
यस्तैघण्टी चिÞन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ६० हजार ८ सय ४६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४ लाख ५९ हजार ६ सय ४६, जनता समाजवादी पार्टी (जसपा) ले दुई लाख ४९ हजार ५ सय ७३, नेकपा (एकीकृत समाजवादी) ले एक लाख ९४ हजार ९ सय ९८ र जनमत पार्टीले एक लाख ७८ हजार ३ सय ५९ मत प्राप्त गरेका छन् ।
गृहमन्त्री खाँण पराजित
प्रतिनिधिसभा सदस्यमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट गृहमन्त्री एवं सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण पराजित भएका छन् । उनलाई राप्रपाका दीपक बोहराले पराजित गरेका हुन् । बोहोराले खाँणलाई २ हजार ६ सय ८१ मत अन्तरले पराजित गरे । ९३ हजार ६ सय ५ सय ६७ मतमध्ये बोहराले ३६ हजार ७ सय १७ मत प्राप्त गरेका थिए ।
खाँणले ३४ हजार ३६ मत प्राप्त गरेका थिए । बोहरालाई एमाले, राप्रपा र जसपाको तर्फबाट उम्मेदवार थिए । बोहोरा नेपालको राजनीतिमा ४ दशकदेखि राप्रपामा क्रियाशील रहँदै आएका छन् । २०३६ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित उनी २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा समेत विजयी भएका थिए । उनी २०७० सालमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!