Shittalpati
पाल्पा –२ मा दुई हजार दुई सय बढी मतले पछि परे पूर्वमन्त्री पाण्डेय

पाल्पा, पाल्पा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यमा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेय एमालेका उम्मेदवारभन्दा झण्डै दुई हजार दुई सय ८ मतले पछि परेका छन् । एमालेका उम्मेदवार ठाकुर प्रसाद गैरेले ९ हजार १ सय ६४ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादी पार्टीका प्रदेश इन्चार्ज पाण्डेयले ६ हजार ९ सय ५६ मत मात्रै ल्याए । यो बगनासकालीका ९ वटा वडा र तानसेनका ६ वटा वडाको अन्तिम मत परिणाम हो ।

यहाँ, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले २ हजार एक सय ९५, मंगोल नेशनल अर्गनाइजेसनका मनबहादुर दर्लामीले १ हजार १ सय ७९, स्वतन्त्र उम्मेदवार उपेन्द्रराज गहिरेले ३ सय १ ,अर्को स्वतन्त्र उम्मेदवार जीवलाल सुवेदीले ४५ मत पाएका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update