Shittalpati
गुल्मीमा एसका नेता एमालेमा प्रवेश

गुल्मी, जिल्लामा नेकपा एकीकृत समाजवादी (एस) धुर्कोट गाउँपालिका उपाध्यक्ष एमाले प्रवेश गरेका छन् । समाजवादी प्रति असन्तुष्टि जनाउदै एसका नेता भेष बहादुर घर्ती नेकपा एमालेमा प्रवेश गरेका हुन् । नेपाल कम्यूनिष्ट पार्टी एकीकृत समाजवादीको भेलाबाट उपाध्य पदमा सर्वसम्मत निर्वाचित भएका घर्तीले पार्टीबाट राजीनामा दिएर नेकपा एमालेमा प्रवेश गरेको जनाइएको छ । उनले उक्त पार्टीबाट क्रान्ती परिर्वतन हुने कुनै आधार नभएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

घर्तीले एकीकृत समाजवादी पार्टी कुनै विचार, सिद्धान्त देश र जनताको हितमा नभएका कारण उक्त पार्टीमा रही काम गर्न उपयुक्त नभएकाले पार्टी परित्याग गरेको उल्लेख गरेका छन् । नेता घर्तीले अब उप्रान्त नेकपा एमालेमा रहि सक्रिय भूमिका निर्वाह गरी देश र जनताको पक्ष काम गर्ने अठोट लिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् । –अनिल खत्री

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update