Shittalpati
आगामी मंसिर २ देखि एमालेको महाधिवेशन हुने

पाल्पा, नेकपा एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ । शुक्रबार बसेको प्रधानमन्त्री तथा नेकपा एमाले केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटीको बैठकले दसौं महाधिवेशनको मिति तोकेको हो । केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा माधवकुमार नेपाल पक्ष भने सहभागी थिएन । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष मात्रै सहभागी केन्द्रीय कमिटी बैठकले उक्त निर्णय लिएको हो । नेकपा (एमाले)का अध्यक्ष ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय गरेका छन् ।

उनले प्रदेश इन्चार्जको जिम्मेवारी समेत हेरफेर गरेका छन् । सातै प्रदेशका इञ्चार्जको जिम्मेवारी हेरफेर गर्ने क्रममा बागमती र सुदूरपश्चिम प्रदेशको नेतृत्व पूर्वमाओवादी नेताले पाएका छन् । बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापालाई इन्चार्जको जिम्मेवारी दिइएको छ भने भीम रावललाई हटाएर एमाले सूदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी लेखराज भट्टलाई दिइएको छ । त्यसैगरी प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनाराण मण्डल,गण्डकीमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल र कर्णालीमा यमलाल कडेँल एमाले इञ्चार्ज बनेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update