लुम्बिनीमा ‘पिस म्याराथन’ हुने
राजनीति
पाल्पामा सहिद स्मृति प्रतिष्ठान गठन, अध्यक्षमा पन्त

पाल्पा, पाल्पामा नेपाली काँग्रेसको शुभेच्छुक संस्था सहिद स्मृति प्रतिष्ठान गठन गरिएको छ । नेपाल महिला संघकी केन्द्रीय सदस्य रमा पन्तको अध्यक्षतामा प्रतिष्ठान गठन गरिएको हो ।
बुधबार तानसेनमा भएको प्रतिष्ठानको भेलाले पन्तको नेतृत्वमा नयाँ समिति गठन गरिएको प्रतिष्ठानले जनाएको छ । जसको उपाध्यक्षमा पोषकान्त बस्याल, सचिवमा भरत शर्मा, सह–सचिवमा विष्णुदेवी घिमिरे, कोषाध्यक्षमा शारदा नेपाल, रहेका छन् । यस्तै सदस्यहरुमा काशी पौडेल, विदुर घिमिरे, सौन्दर्यवती शाक्य, निर्मल न्यौपाने, सुनिल बुढाथोकी र दीपक थापा रहेका छन् ।
यस्तै भेलाले प्रतिष्ठानको सल्लाहकारमा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्त, रैनादेवी छहरा गाउँपालिकाका निवर्तमान अध्यक्ष रामबहादुर कार्की, बगनासकाली गाउँपालिकाका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद बस्याल र नेपाल महिला संघ पाल्पाका पूर्व जिल्ला सभापति अम्बिका भट्टराईलाई चयन गरेको छ । भेलालाई सम्बोधन गर्दैै नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले सहिदहरुको उच्च मूल्याड्ढन गर्दै सहिदहरुले देखाएको बाटोमा लाग्न प्रतिष्ठानलाई आग्रह गरे । उनले देशका लागि ज्यान सर्मपण गरेका सहिदहरुको योगदानको अनुकरण गर्न सके मात्र सच्चा सहिदको सम्मान हुने भन्दै त्यसतर्फ प्रतिष्ठानले आफुलाई अग्रसर बनाउन सके मात्र प्रतिष्ठान गठनको औचित्य हुने धारणा राखे । नेपाली काँग्रेस पाल्पाका कार्यवाहक सभापति ज्ञानबहादुर गाहाले प्रतिष्ठान काँग्रेसको शुभेच्छुक संस्था भएकाले पार्टीलाई एक जुट बनाउँदै संगठनलाई बलियो बनाउने काम लाग्न आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति झपेन्द्र गहिरे, सचिव सन्तोष थापा मगर, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष रामजी पौडेल,विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष माधव नेपाल, नेपाली काँग्रेसका सल्लाहकार पोषकान्त बस्याल लगायतले प्रतिष्ठानलाई आफ्नो उद्देश्य अनुसार अगाडि बढ्न आग्रह गरे । प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष रमा पन्तले मुुलुकमा प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि आफ्नो जीवन अपर्ण गर्ने सहिदहरुको सपना साकार पार्न प्रतिष्ठान निरन्तर क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरिन् ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!