Shittalpati
रेशम चौधरी थुनामुक्त

काठमाडौँ, नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले डिल्ली बजार कारागारलाई तुरुन्त थुनामुक्त गर्न पत्र पठाएपछि चौधरी रिहा भएका हुन ।

यसअघि उनलाई शंकास्पद् पत्रका आधारमा प्रहरीले पक्राउ गरेको थियो ।  प्रज्ञा प्रतिष्ठानमा जनमत पार्टीसँग एकता हुने तयारी भइरहेका बेला उनलाई प्रहरीले पक्राउ गरेको थियो । सर्वोच्च अदालतका शाखा अधिकृतको अनधिकृत पत्रका आधारमा पक्राउ परेलगत्तै उनलाई डिल्लीबजार कारागारमा लगिएको थियो ।

अनधिकृत रहेको पाइएपछि प्रहरीले पत्र काट्ने शाखा अधिकृत महिमानसिंह विष्टलाई नै पक्राउ गरेर हिरासतमा राखेको छ । सर्वोच्चले विज्ञप्ति जारी गर्दै चौधरी पक्राउ गर्नेसम्बन्धी पत्र अनधिकृत भएको र विष्टमाथि कानुनी कारबाहीको प्रक्रिया सुरु भएको जनाएको छ । संरक्षक चौधरी पक्राउ परेसँगै जनमत र नाउपाको एकीकरण घोषणा कार्यक्रमसमेत स्थगित भएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update