
काठमाडौं, दालतको प्रशासनले नै इजलासबाट आएको फैसला शैलीमा पत्र लेखेर प्रहरीलाई दिएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको खुलेको छ ।
सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि भएको आममाफीको निर्णय नै उल्ट्याइदिएका छन् । यही पत्रका आधारमा प्रहरीले चौधरीलाई बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेको हो ।
चौधरीको पक्राउ अनाधिकृत भएकाले तत्कालै छुट्ने भएका छन् । उनलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको पत्र प्रहरीमा पुगेको छ । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टको नामबाट जारी भएको पत्रका आधारमा प्रहरीले चौधरीलाई आजै पक्राउ गरेको थियो । अहिले रेशमलाई पक्राउ गर्ने पत्र लिएर गएका शाखा अधिकृत महिमानसिंह बिष्टलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ । मुद्दा विचाराधीन भएको अवस्थामा पत्र जारी भएको थियो । सर्वोच्चले आजै अर्को पत्र लेखेर चौधरीलाई थुनामुक्त गर्ने तयारी भएको स्रोतले बतायो । सर्वोच्चले कारागारलाई पठाएको पत्रका आधारमा चौधरीलाई आज दिउँसो प्रज्ञा भवन कमलादीबाट पक्राउ गरेर डिल्लीबजार कारागार पु¥याइएको थियो ।