Shittalpati
राष्ट्रियसभा सदस्यमा एमालेका दशौदी

पाल्पा,राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एमालेका कुमार दशौदी विजयी भएका छन् । उनले ४ हजार २६ मत प्राप्त गरेर राष्ट्रियसभा सदस्यमा विजयी भएका हुन् ।

काँग्रेसका माधवप्रसाद आचार्यले ३ हजार ७ सय २० र नागरिक उन्मुक्तिका राजेन्द्रबीर रायले १ सय ९३ मत प्राप्त गरेका छन् । सत्तागठबन्धनका तर्फबाट दसौंदीको उम्मेदवारी दर्ता भए पनि उन्मुक्तिले असन्तुष्टि जनाउँदै छुट्टै उम्मेदवारी दिएको थियो । विजयी भएका दशौदीले खसेको कूल मतको मतभार ७ हजार ९ सयमध्ये ४ हजार २६ मत प्राप्त गरे । उनले प्रदेशतर्फ २ हजार ६४ र स्थानीय तहतर्फ १ हजार ९ सय ६२ गरी जम्मा ४ हजार २६ मतभार प्राप्त गरेका हुन् । प्रदेश सभातर्फ १ सय ४४ मतभार बदर भएको थियो । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा रिक्त एक सदस्य चयन गर्न भएको मतदानमा प्रदेशसभाका ८७ जना र स्थानीय तहका प्रमुख/उपप्रमुख २ सय १७ जनाले मतदान गरेका थिए । प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख उपप्रमुख गरी ३ सय ५ जना मतदाता रहेकोमा रुपन्देही जिल्लाको मर्चवार गाउँपालिका उपप्रमुख आशा सिंह मतदानमा सहभागी भइनन् । राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि उपनिर्वाचन भएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update