राजनीति

सांसद चौधरी पक्राउ

Shittalpati Reporter

पाल्पा, सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । चौधरी नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सांसद हुन् ।

कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी हुन् । कैलाली जिल्ला अदालतले १० वर्षअघि आगजनी गरेको कसूरमा उनीमाथि ६ महिना कैद र ८ लाख जरिवाना गर्ने फैसला गरेको थियो । उक्त फैसला कार्यान्वयन भएको थिएन । यो बीचमा उनी सांसद बनेर आएपछि उनको फैसला कार्यान्वयन नभएको कुरा बाहिर आएको थियो ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा चौधरी २१ हजार ८सय ७१ मत ल्याएर विजयी भएका थिए । उनले एमालेका झपटबहादुर रावल र गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका भगत बडुवाललाई पराजित गरेका थिए । रावलले १६ हजार १ सय २८ मत पाएका थिए भने बडुवाल १५ हजार १ सय १६ मतसहित तेस्रो भएका थिए ।

 


प्रकाशित मिति: बिहिवार, माघ १९, २०७९, ०३:२३:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वर्णिम वाग्लेले काँग्रेस छोडे बिहिवार, माघ १९, २०७९, ०३:२३:००
रानीमहलमा ओलीको सेल्फी बिहिवार, माघ १९, २०७९, ०३:२३:००