Shittalpati
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा अर्याल

काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ ।

शुक्रबार सर्वोच्च अदालतको आदेशबाट अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पदमुक्त भएपछि पार्टीको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।

हाल पार्टीका उपसभापतिसमेत रहेका मन्त्री अर्याललाई कार्यवाहक सभापतिको जिम्मा दिने निर्णय भएको पार्टीका नेता एवं प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिए । कार्यवाहक सभापति बबेका अर्याल पार्टीका समानुपातिक सांसद हुन् । बैठकमा कानुनी प्रक्रिया पूरा गरेर रविलाई पार्टी सभापतिमा फर्काउने विषयमा पनि छलफल भएको प्रवक्ता डा.ढकालले बताए । –रासस

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update