Shittalpati
माथागढीमा समुदायस्तरका एक सय ४१ जनाको स्वाब संकलन
माथागढीमा समुदायस्तरका एक सय ४१ जनाको स्वाब संकलन जिल्लाको माथागढी गाउँपालिकाले समुदादायस्तरका एक सय ४१ जनाको स्वाब संकलन गरेको छ । गाउँपालिकाले समुदायमा रहेर अग्र भागमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि,राजनितिक दलका प्रतिनिधि, बैंकका कर्मचारीहरु, व्यापारी, होटेल व्यवसायी, वैदेशिक रोजगारीबाट भर्खरै घरमा आई होमक्वारेन्टाइनमा बसेका र शिक्षकहरुको स्वाब संकलन गरेको हो ।
प्रदेश पाँचमा संक्रमितको संख्या छ हजार पुग्यो
प्रदेश पाँचमा संक्रमितको संख्या छ हजार पुग्यो प्रदेश पाँचमा शुक्रबारको डाटा अनुसार कोरोना भाइरस संक्रमितको संख्या छ हजार एक सय सय एक पुगेको छ । जसमध्ये एक हजार दुई सय ९७ जना सक्रिय संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये करिब १५ प्रतिशतमा कोरोना भाइरसको लक्षण देखिएको छ ।
प्रत्येक दुई घण्टामा एक कोरोना संक्रमितको मृत्यु
प्रत्येक दुई घण्टामा एक कोरोना संक्रमितको मृत्यु नेपालमा कोरोना भाइरसको संक्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको संख्या अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना संक्रमितको मृत्यु भइरहेको छ ।
पाल्पामा कोरोना संक्रमित महिलाको मृत्यु, मृतकको संख्या दुई पुग्यो
पाल्पामा कोरोना संक्रमित महिलाको मृत्यु, मृतकको संख्या दुई पुग्यो जिल्लामा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । लुम्विनी मेडिकल कलेजमा उपचाररत तानसेन ८ मदनपोखराको पिपलडाँडाकी ३० वर्षिय महिलाको शुक्रबार मृत्यु भएको हो ।
कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या १ सय ९५ पुग्यो
कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या १ सय ९५ पुग्यो नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ सय ९५ पुगेको छ ।
संक्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ
संक्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ कोरोना भाइरस संक्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ देखिएको छ । बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना संक्रमित गर्भवतीबाट जन्मिएको शिशुको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए ।
कोरोना अस्पतालमा उपचाररत संक्रमितको मृत्यु
कोरोना अस्पतालमा उपचाररत संक्रमितको मृत्यु लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना उपचार विशेष अस्पताल, बुटवलमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ का ६० वर्षीय पुरुषको शुक्रबार बिहान २.३० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
कोरोना परीक्षणका लागि गुल्मीमा आएको पीसिआर मेसिन फिर्ता !
कोरोना परीक्षणका लागि गुल्मीमा आएको पीसिआर मेसिन फिर्ता ! कोरोना परीक्षणका लागि गुल्मीमा आएको पीसिआर मेसिन फिर्ता भएको छ । मेसिन जडानका लागि आवश्यक उपकरण नभएको भन्दै एक महिनापछि उक्त मेसिन काठमाडौं फिर्ता गरिएको हो ।
नेपालमा कोरोनाबाट थप आठ जनाको मृत्यु, मृतकको संख्या एक सय ८३ पुग्यो
नेपालमा कोरोनाबाट थप आठ जनाको मृत्यु, मृतकको संख्या एक सय ८३ पुग्यो नेपालमा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल प्रवक्ता डा.जागेश्वर गौतमले ललितपुरकी ६५ वर्षीया, बाराकी २३ वर्षीया, कास्कीकी ३२ वर्षीया, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया महिला रहेको बताएका छन् । त्यसैगरी मृत्यु हुने पुरुषमा काठमाडौँका ४८ वर्षीय,...
उच्च ज्वरोबाट तीनको मृत्यु
उच्च ज्वरोबाट तीनको मृत्यु कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोको लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीया पूजा बोगटी, ६५ वर्षीय गम्भीर भण्डारी र २१ वर्षीय प्रेमबहादुर चन्द रहेका छन् ।
बुटवलको कोरोना अस्पतालमा दुुई संक्रमितको मृत्यु
बुटवलको कोरोना अस्पतालमा दुुई संक्रमितको मृत्यु बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना उपचार विशेष अस्पतालमा उपचार गराइरहेका दुई कोरोना संक्रमितको मृत्यु भएको छ । उक्त अस्पतालमा उपचाररत संक्रमितध्ये कपिलवस्तुका एक पुरुषको मृत्यु भएको करीब १२ घण्टा बित्न नपाउँदै आज बिहान करीब १०ः३० बजे एक महिलाको मृत्यु भएको छ ।
नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु
नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित कोभिड १९ प्रेस ब्रिफिङमा दुई महिला र ९ पुरुषको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेका हुन् ।
Weather Update