Shittalpati
तानसेनमा फेरी देखियो समुदायस्तरमै कोरोना, घरमै बसेकी महिलामा संक्रमण
तानसेनमा फेरी देखियो समुदायस्तरमै कोरोना, घरमै बसेकी महिलामा संक्रमण तानसेनमा थप एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा तानसेन नगरपालिका ८ मदनपोखराको पिपलडाडाँकी एक महिलामा कोरोना सक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या एक सय ४६ पुग्यो
नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या एक सय ४६ पुग्यो पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ६ वर्षीया बालिकासहित थप ९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पाल्पाका ४ सय ८० जनाको पीसीआर परीक्षण गरिएकोमा एक जनामा ‘पोजेटिभ’
पाल्पाका ४ सय ८० जनाको पीसीआर परीक्षण गरिएकोमा एक जनामा ‘पोजेटिभ’ जिल्लाबाट पीसीआर परीक्षणका लागि पठाइएका ४ सय ८० जना मध्ये एक जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा रहेर अग्रमोर्जमा काम गर्ने र केही शंकास्पद व्यक्तिहरुको स्वाब संकलन गरि पठाइएकोमा शुक्रबार र शनिबार विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ सय ७९ जनाको रिपोर्ट नेगेटिभ र एक जनाको...
नेपालमा कोरोनाले उग्र रुप लिँदै ,एकै दिन ११ जनाको मृत्यु भएको पुष्टि
नेपालमा कोरोनाले उग्र रुप लिँदै ,एकै दिन ११ जनाको मृत्यु भएको पुष्टि नेपालमा कोरोना भाइरस (कोभिड–१९)ले उग्र रुप लिँदै गएको छ । चीनको उहान शहरबाट फैलिएको कोभिड –१९ ले पछिल्लो समय नेपालमा उग्र रुप लिएको हो । सरकारले चैत ११ गते देखि जारी गरेको लकडाउन गत साउन ७ गतेदेखि अन्त्य गरेसँगै नेपालमा कोरोनाको संक्रमण अत्यधिक फैलिएको छ ।
बुधबार थप ६ सय ८१ जनामा कोरोना संक्रमण
बुधबार थप ६ सय ८१ जनामा कोरोना संक्रमण नेपालमा कोभिड–१९ पछिल्लो २४ घण्टामा ६ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५ सय २२ जनाको परीक्षण गर्दा ६ सय ८१ जनामा संक्रमण देखिएको हो ।
एकै दिन एक हजार बढी संक्रमित फेला, सातको मृत्यु
एकै दिन एक हजार बढी संक्रमित फेला, सातको मृत्यु नेपालमा कोभिड–१९ को संक्रमण पछिल्लो २४ घण्टामा थप अहिलेसम्मकै सबभन्दा बढी एक हजार १६ जना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मंगलबार एक हजार १६ नयाँ संक्रमित देखिएका हुन् ।
पोखरामा दुई कोरोना सङ्क्रमितको मृत्यु
पोखरामा दुई कोरोना सङ्क्रमितको मृत्यु पोखरामा उपचारका क्रममा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की र तनहुँका एकएक जना छन् । पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान १०ः४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी र्दिए ।
आज थप पाँच सय ८१ मा कोरोना पुष्टि
आज थप पाँच सय ८१ मा कोरोना पुष्टि नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच सय ८१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच सय ८१ जना नयाँ संक्रमित देखिएका हुन् ।
तानसेन विशालबजार क्षेत्रका ३ सय ३५ जनाको स्वाब संकलन
तानसेन विशालबजार क्षेत्रका ३ सय ३५ जनाको स्वाब संकलन जिल्लाको तानसेनस्थित विशालबजार क्षेत्रका प्रत्येक घरको एक जना गरी ३ सय ३५ जनाको स्वाब संकलन गरिएको छ । पाँच दिनअघि घरमा बसेकी तानसेन वडा ४ की ४० वर्षिया महिलामा कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्रसिङ् गरिएको हो ।
चिकित्सकले कोरोना भएको थाहा पाएपछि ...
चिकित्सकले कोरोना भएको थाहा पाएपछि ... नियमित स्वास्थ्य जाँच गर्दै आएकी गर्भवती महिलालाई कोरोना पुष्टि भएपछि चिकित्सक, स्वास्थ्यकर्मी र समुदायले समेत कस्तो दृष्टिकोणले व्यवहार गर्दो रहेछ भन्ने यहाँ पुष्टि भएको छ । संविधानमा सुरक्षित प्रजनन् अधिकार मौलिक अधिकार भित्र रहेको छ ।
लुम्बिनी विकास कोषको कोभिड विशेष अभियान
लुम्बिनी विकास कोषको कोभिड विशेष अभियान लुम्बिनी विकास कोषले महामारीका रुपमा फैलिँदै गएको कोभिड–१९ सम्बन्धमा लुम्बिनी क्षेत्रका जनतालाई सचेत गराउन अभियान शुरु गरेकोे छ । कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईका अनुसार संस्थाले सर्वसाधारणका नाममा जनचेतनामूलक सन्देश विकास कोष क्षेत्रको आसपासको ग्रामीण क्षेत्रमा स्थानीय भाषामा समेत प्रवाह गर्न थालेको हो ।
रणउजिरेश्वरी क्लवद्वारा नवजनचेतना दैनिकका सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री
रणउजिरेश्वरी क्लवद्वारा नवजनचेतना दैनिकका सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री जिल्लामा क्रियाशिल सामाजिक संस्था रणउजिरेश्वरी लायन्स क्लव पाल्पाले कैलाशनगर मिडियाद्वारा प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिकमा कार्यरत सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । क्लवले कोरोना महामारीको समयमा पनि जोखिम मोलेर काम गरिरहेका सञ्चारकर्मीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी स्वास्थ्य सामग्री मास्क र सेनिटाइजर वितरण गरेको हो ।
Weather Update