गुल्मीको रिडीमा बस दुर्घटना :  १३ जना घाइते
                        
                        
                                                
                                            
                                                                    पाल्पा, गुल्मीको रिडीमा बस दुर्घटना भएको छ । पोखराबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको लु १ ख ८१७५ नम्बरको बस विहीबार साँझा रुरुक्षेत्र गाउँपालिका १ मक्वादीस्थित रिडी तम्घास सडक खण्डमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी बसमा सवार १३ जना घाइते भएको इलाका प्रहरी कार्यालय रिडीले जनाएको छ । घाइतेमध्ये चालक र सहचालकको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको उपचारका लागि पाल्पा ल्याइदै गरिएको छ । बस सडकबाट ६० मिटर तल खसेको छ । दुर्घटना के कारणले भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                        
                                        
                                        
                    
                    
                    