Shittalpati
पाल्पामा कोरोना संक्रमित महिलाको मृत्यु, मृतकको संख्या दुई पुग्यो

पाल्पा , जिल्लामा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । लुम्विनी मेडिकल कलेजमा उपचाररत तानसेन ८ मदनपोखरा पिपलडाँडाकी ३० वर्षिय महिलाको शुक्रबार मृत्यु भएको हो ।

कोरोना पोजेटिभ देखिएपछि लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेशन सेन्टरमा उनको उपचार भइरहेको थियो । ज्वरो, रुखाघोकी लागेर उपचारको लागि अस्पताल पुगेकी ति महिलामा गत भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई आइसोलेशनमा राखेर उपचार गरिरहेकोमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिरहेको र शुक्रबार साँझ निधन भएको अस्पताल स्रोतले जनाएको छ । शव व्यवस्थापनका लागि अहिले छलफल चलिरहेको छ ।

जिल्लामा यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यस अघि पूर्वखोला गाउँपालिकाका पुरुषको मृत्यु भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update